Aamsanchar

पूर्व युवराज पारसको छातीमा समस्या

Author Image
बुधवार, मंसिर १०, २०७७

काठमाडौं : पूर्व युवराज युवराज पारस शाहको छातीमा समस्या देखिएको छ। चितवनको नारायणगढस्थित सेन्ट्रल पाम होटलमा बसेका शाहको छातीमा बुधबार साँझ अचानक समस्या देखिएको हो।

शाह बिरामी परेपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले उपचार थालेको छ। होटलमा नै उनको इसिजी र रगत परीक्षण गरिएको छ। परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे एकिन हुने डा. रेग्मीले जानकारी दिएका छन्। शाहलाई यसअघि हृदयघात भएको थियो। सोही समस्या दोहोरिएको हुनसक्ने चिकित्सकहरूले अनुमान गरेका छन्। परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे एकिन हुने डा. रेग्मीले जानकारी दिएका छन्। शाहलाई यसअघि हृदयघात भएको थियो। सोही समस्या दोहोरिएको हुनसक्ने चिकित्सकहरूले अनुमान गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर