Aamsanchar

२ लाख ३५ हजार रुपैयाँ भेटियो बाटोमा

Author Image
सोमवार, मंसिर १५, २०७७

काठमाण्डौ –ललितपुरको महालक्ष्मीस्थान चोकमा २ लाख ३५ हजार रुपैयाँ भेटिएको छ । चोकमा भेटिएको पैसासँगै चितवन गर्दी-२ का प्रमोद आचार्यको पनि नागरिकता भेटिएकाले सम्पर्क गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महालक्ष्मी स्थान चोक सडकमा वा ८७ प ७३५५ नं. को मोटरसाइकल चालकले सडकमा खसेको प्लास्टिकको झोला टिपेर हेर्दै गरेको अवस्थामा चोकमा खटिएका ट्राफिक प्रहरी जवान रुपेश चौधरीलाई शंका लागेर हेर्दा २ लाख ३५ हजार रुपैयाँ भेटिएको प्रहरीले जनाएको छ । रकम र नागरिकता महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाएकोले सम्बन्धित व्यक्तिले महानगरीय प्रहरी वृत्त सातदोबाटोमा सम्पर्क गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर