Aamsanchar

इलाममा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

Author Image
सोमवार, मंसिर १५, २०७७

इलाम – इलाममा जीप (पीकअप) दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका ५ काे लुम्देमा जीप दुर्घटना हुँदा सोमबार दुई जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाउनेहरूकाे परिचय नखुलेकाे प्रहरीले जनाएकाे छ । गाडी चालकसहित एक जना घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।  प्रहरीका अनुसार घाइतेहरूलाई जिल्ला अस्पताल इलाम ल्याइँदैछ । 

लुम्देको कुलुङे भन्ने ठाउँमा बाटो घुमाउरो भएकाले जीप अनियन्त्रित भइ सडकबाट पाँच सय मिटर तल खसेको स्थानीय जनप्रतिनिधि कृष्ण राईले जानकारी दिनुभयो । घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरीको टोली गएको छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर