Aamsanchar

दुईसय रुपैयाँ जरिवाना नबुझाएका ९ जना ६ वर्षपछि पक्राउ

Author Image
मङ्गलवार, मंसिर १६, २०७७

विराटनगर । जुवा मुद्दामा अदालतले फैसला गरेको दुईसय रुपैयाँ जरिवाना नबुझाएका ९ जना ६ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत मोरङले जुवा मुद्दामा दुई सय रुपैयाँ जरिवाना तोकेका ९ जना मंगलबार पक्राउ परेका हुन् । प्रहरीले विराटनगर महानगरपालिका–७ का ३५ वर्षीय हंशराज जैन, विराटनगर–९ का ४१ वर्षीय रामबहादुर गुरूङ, लक्ष्मणबहादुर गुरूङ, ३० वर्षीय सुमित साह, विराटनगर–१० शान्तिचोकका ३२ वर्षीय विजय श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुलाई २०७० वैशाख १२ गते अदालतले जुवा मुद्दामा दुई सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

पक्राउ परेकामध्ये जैन विराटनगरमा सट्टेबाजमा पनि सक्रिय रहेको प्रहरीको दाबी छ । उनी ७ वर्षयता फरार थिए । प्रहरीले विराटनगरको घोघापुल चोकबाट चार जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विराटनगर–९ का ६० वर्षीय नविरज खाँ, ४४ वर्षीय मजमिल हुसेन, ६४ वर्षीय रजाक भनिने राजु खाँ र ६४ वर्षीय मुन्ना कुरेशीलाई पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ जेठ २१ गते जुवा मुद्दामा दोषी ठहर गर्दै दुई सय रुपैयाँ जरिवानाको गरेको थियो ।

फैसला कार्यान्यन अभियान अन्तर्गत ९ जनालाई पक्राउ गरी अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । उनीहरु जरिवाना बुझाएर छुटिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर