Aamsanchar

बेहुली लिएर फर्किएको जिप दुर्घटना

Author Image
बिहिवार, मंसिर १८, २०७७

धनगढी । बैतडीको दोगडाकेदारबाट बेहुली लिएर कञ्चनपुरको बेलौरी फर्कंदै गरेको जिप बुधबार राति कैलालीको गोदावरीमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बेहुला–बेहुलीको अवस्था भने सामान्य छ । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टले सु.प.प्र ०१००१ ज १२५४ नम्बरको जिप गोदावरीको गाईमारामा सडकबाट खसेको बताए ।

प्रहरीका अनुसार घाइतेमध्ये १० जनाको अत्तरियास्थित पदमा अस्पताल र तीन जनाको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर