Aamsanchar

हुम्लाको सिमकोट विमानस्थलमा आगो निभाइयो, क्षतिको विवरण संकलन हुँदै

Author Image
बिहिवार, मंसिर १८, २०७७

हुम्ला – हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलका कर्मचारी बस्ने घरमा लागेको आगो निभाइएको छ । सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा बिहान आगो लाग्दा तीन वटा कोठा जलेका छन् । आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दाले ४ घण्टा लगाएर आगो निभाएका हुन् ।

कोठामा रहेका सामग्री पनि जलेको र क्षतिको विवरण संकलन गर्ने काम भैरहेको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतले उज्यालोलाई जानकारी दिनुभयो । आज बिहान ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 443

प्रतिक्रिया (०)

सम्बन्धित खबर