Aamsanchar

सिलगुढीदेखि झापासम्मको पेट्रोलियम पाइपलाइन मुख्य राजमार्ग भएरै अघि बढ्ने

Author Image
बिहिवार, मंसिर १८, २०७७

काठमाडौं । भारतको सिलगुढीदेखि नेपालको झापासम्मको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको रुट तय भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनको अध्ययनले सुझाएको तीन विकल्पमध्ये मुख्य राजमार्ग भएरै पेट्रोलियम पाइपलाइन आयोजना अघि बढ्ने निष्कर्षमा पुगिएको नेपाल आयल निगमले जनाएको छ ।

उक्त पाइपलाइन नेपालतर्फ १५ र भारतमा २५ गरी ४० किलोमिटर लामो हुने छ । ‘भारतीय टोलीले नेपाललाई तीन वटा रुटबाट जान सकिने भनेर सुझाएको थियो, नेपाल-भारत सीमाको मेची नदीसहित भारततर्फको नदी माथिबाट पाइपलाइन जोड्न सकिने सक्ने देखिएको छ,’ निगमका प्रवक्ता बिनितमणि उपाध्यायले भने ।

प्रारम्भिक अध्ययन सकिएको र तीन महिनाभित्र विस्तृत इन्जिनियररिङ अध्ययन सकेर सरकारलाई लागतसहितको प्रतिवेदन बुझाइने निगमले जनाएको छ । जीटूजीमार्फत परियोजना अघि बढ्ने भएकाले सरकारले यसबारे थप निर्णय लिने प्रवक्ता उपाध्यायले बताए ।

झापाको चारआलीमा एलपीजी भण्डारण र बोटलिङ प्लान्ट तथा प्रदेश एकमा ९० दिनलाई पुग्ने पेट्रोलियम भण्डारणको आयोजनाको अध्ययन पनि सुरु भएको निगमले जनाएको छ । चार हजार मेट्रिक टनको एलपी ग्यास भण्डारण र बोटलिङ प्लान्ट निर्माण गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त भई काम अघि बढेको प्रवक्ता उपध्यायले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर