Aamsanchar

इलाममा शुक्रबारदेखि लकडाउन

Author Image
बिहिवार, मंसिर १८, २०७७

काठमाडौं । इलाम नगरपालिकामा शुक्रबारदेखि लकडाउन घोषणा गरिएको छ । इलाम नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै मंसिर १९ गतेदेखि २४ गतेसम्म लकडाउनको घोषणा गरेको हो । कोरोना भाइरस महामारीका कारण नगर क्षेत्रमा केही व्यक्तिको मृत्यु भएको र केही व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएका कारण लकडाउनको घोषणा गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा नगरपालिका क्षेत्रमा अत्यावश्यक सेवा –खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु स्थगित गर्ने जनाइएको छ । त्यस्तै २१ गतेदेखि शुरु हुने कक्षा ११ को परीक्षाको कार्यतालिका परिवर्तन गरी २६ गतेदेखि सञ्चालन गराउन समेत दिर्नेशन दिइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर