Aamsanchar

अर्जुनधाराबाट लागुऔषध सहित दुई जना पक्राउ

Author Image
शुक्रवार, मंसिर १९, २०७७

झापा । झापाको अर्जुनधार र बुद्धशान्तिका गरि दुईजना लागुऔषध कारोबार गरेको आशंखामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ का २४ बर्षिय आशिष थापा र बुद्धशान्ति गाउँपालिका–२ का प्रिन्स खनाल पक्राउ परेका हुँन । उनिहरुलाई विशेष सुराकीको आधारमा लागु औषध निन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।

अर्जुनधारा–६ स्थित बिहानी टोलबाट पक्राउ परेका थापाको साथबाट १–०१–०१३ प २७० नंं को बुलेट मोटरसाईकल, एकथान डिजिटल तराजु, रेडमी मोवाईल एक र ब्राउनसुगर जस्तो देखिने लागुपदार्थ ९.५ ग्राम बरामत भएको प्रहरीले बताएको छ । त्यसैगरी अर्जुनधाराकै ९ नम्बर वडामा सार्वजनिक स्थलमा बुद्धशान्तिका खनाल पनि पक्राउ परेका थिए । उनको साथबाट मे ५ प ९२५६ नम्बरको डिस्कभर मोटरसाईल, एकथान मोवाईल र ब्राउनसुगर जस्तो देखिने लागुपदार्थ ३९ ग्राम लागुपदार्थ बरामत भएकोे प्रहरीले बताएको छ ।

पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भईरहेको र आवश्यक कानूनी कार्वाहीको प्रक्रिया पनि अघि बढाईएको इलाका प्रमुख मुकुन्द रिजालले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर