Aamsanchar

नेपालमा हेलिकप्टर सेवाको १० वर्षमा, १४ वटा दुर्घटना

Author Image
सोमवार, मंसिर २२, २०७७

काठमाडौं । छिनछिनमा परिवर्तन हुने मौसम, पहाडी तथा हिमाली भेगको अप्ठ्यारो भूगोल र पाइलटले लिने साहसिक निर्णयका कारण नेपालमा हेलिकप्टर उडान असुरक्षित बन्दै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा नेपालमा १४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । यी दुर्घटनामा कुनै न कुनै प्रकारको क्षति भएको छ । प्राधिकरणले सन् २०१९ सम्मको तथ्यांक संकलन गरी तयार पारेको रिपोर्टअनुसार २०१८ मा सबभन्दा धेरै चारवटा हेलिकप्टर दुर्घटनामा परेका थिए ।

२०१५, २०१६ र २०१९ मा भने दुई–दुई वटा हेलिकप्टर दुर्घटनामा परेको तथ्यांक छ । २०१९ फेब्रुअरीमा हेलिकप्टर दुर्घटनामै तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो । त्यस वर्ष हेलिकप्टर दुर्घटना ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले हेलिकप्टर दुर्घटनामा मूख्य कारण नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको निर्णयलाई मुख्य कारण मानेको पाइन्छ ।तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा समेत यस्तै देखिएको थियो । हिमपातको समयमा मौसम खुलेको छोटो समयमा ताप्लेजुङको पाथीभराबाट उडाइहाल्न परेको दबाब र पाइलटले लिएको निर्णय घातक सावित भएको थियो ।

कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत र दुर्घटनाका बेला उद्दारका तथा ढुवानीमा पनि हेलिकप्टर सबभन्दा प्रभावकारी हुन्छ । भौगोलिक र मौसमको कारणले उडानमा बढी जोखिम पनि यस्तै क्षेत्रमा बढी हुन्छ । दूर्गम भेगमा पर्यटकीय आकर्षणका कारण पनि हेलिकप्टर प्रयोग बढेको छ । पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकप्टर उडान हुन्छ । भूगोल र मौसमलाई गम्भीरतापूर्वक ख्याल गरेर हेलिकप्टर उडाए दुर्घटना कम गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर