Aamsanchar

पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्ग अन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौँडा खण्डको काम अन्तिम चरणमा

Author Image
मङ्गलवार, मंसिर २३, २०७७

मकवानपुर- पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्ग अन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौँडा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।  झापाको बाहुनडाँगीको मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल पुग्ने झण्डै एक हजार दुई सय ५० किलोमिटरको लोकमार्गको दुई सय ५० किलोमिटर लामो यो खण्डमा ९५ प्रतिशत र पुल निर्माण ८५ प्रतिशत सकिएको हो ।

चालु आर्थिक वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । पहिलो चौमासिकमा यो आयोजनामा तुलनात्मक रुपमा बढी काम भएको सडक विभागले जनाएको छ ।

धरान–चतरा–हेटौँडा खण्डको दुई सय ५० किलोमिटर सडकमध्ये अहिले २५ किलोमिटर सडकमा कालोपत्रको काम भइरहेको निर्देशनालयका प्रमुख उमेशबिन्दु श्रेष्ठले बताउनुभयो । यो खण्डमा ७६ पुल निर्माण गर्नुपर्नेमा दुई पुल मात्रै निर्माण सम्पन्न हुन बाँकी छ । भर्खर ठेक्का सम्झौता भएका बाहेक अरू पुल निर्माण पूरा हुन लागेको हो ।

यही खण्डमा १८ पुल निर्माणका लागि गएको असारमा ठेक्का सम्झौता भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यी पुल सकिन भने अझै साढे तीन वर्ष लाग्ने निर्देशनालयका प्रमुख श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 522

प्रतिक्रिया (०)

सम्बन्धित खबर