Aamsanchar

सवारी दुर्घटनामा हुँदा भोजपुर नगरपालिका-५ का वडाध्यक्ष र सदस्य गम्भीर घाईते

Author Image
बिहिवार, मंसिर २५, २०७७

भोजपुर : सवारी दुर्घटनामा भोजपुर नगरपालिका-५ बोखिमका वडाध्यक्ष जसबहादुर राई र वडा सदस्य शरण प्रधान गम्भीर भएका छन्। विहीबार बिहान साढे ११ बजे कार्यालयको कामका लागि सदरमुकाम आउने क्रममा उनीहरु सवार १ ब १७९३ नम्बरको मोटरसाइकललाई देउराली चोकमा ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

उनीहरुको टाउकोसहित शरीरको विभिन्‍न ठाउँमा चोट लागेको छ। दुवैको गम्भीर अवस्थामा जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। उनीहरुलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

उनीहरु सवार मोटरसाइकललाई देउराली हुँदै पानी ट्याङकी निस्कँदै गरेको प्रदेश १–०२–००३–त ५४८ ट्याक्टरले देउराली चोकमा ठक्कर दिएको थियो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर