Aamsanchar

समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन गर्ने कार्यक्रमका लागि प्रस्ताव पेस गर्न प्रदेश तथा पालिकालाई आह्वान

Author Image
बुधवार, पौष १, २०७७

काठमाण्डौ – राष्ट्रिय योजना आयोगले समपूरक तथा विशेष अनुदान अन्तर्गत सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि प्रस्ताव पेस गर्न प्रदेश तथा पालिकालाई आह्वान गरेको छ ।

आयोगले आर्थिक वर्ष २०७८/०७९ का लागि आयोजना तथा कार्यक्रमका लागि पुस मसान्तसम्म प्रस्ताव पेस गर्न आह्वान गरेको हो । आयोगले मङ्गलबार सूचना निकालेर प्रदेश र पालिकालाई विद्युतीय प्रणालीमार्फत प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । प्रस्ताव पेस गर्दा प्रदेशले सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट र पालिकाले सम्बन्धित महानगरपालिका, उपमहानगर, नगर तथा गाउँपालिकाबाट पेस गर्नुपर्नेछ ।

साथै आयोगले प्रस्तावका लागि आवश्यक सर्त, कागजात, सूचना तथा फाइलहरू आयोगको वेबसाइटमा उपलब्ध रहेकाले त्यसलाई प्रयोग गर्न भनेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर