Aamsanchar

कोदोको खिर चखाउँदै नेपालका शेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ यूके–२०२०’ को शिर्ष चारमा

Author Image
बुधवार, पौष १, २०७७

काठमाडौं । उत्कृष्ट नेपाली परिकारमार्फत निर्णायकहरुलाई आश्चर्यमा पार्दै आएका हाल लन्डनमा बस्ने नेपालका शेफ सन्तोष साह मास्टरसेफको शिर्ष ४ भित्र पर्न सफल भएका छ्न् । फाइनल प्रतियोगिता भोलि बिहान हुँदै छ । ‘बीबीसी मास्टर सेफ यूके–२०२०’ को फाइनल राउन्डमा चल्दै छ । बुधबार युकेको समयमा रातिको ९ बजे, उनी अन्य पाँच प्रतिस्पर्धी सेफहरुसँग यो वर्षको हिट बीबीसी टीभी सिरिज प्रोफेसनल मास्टरसेफ युकेको फाइनलका लागि भिडेका थिए । अन्य ६ जनाबाट २ जनालाई पछि पार्दै शीर्ष ४ मा परेका हुन ।

उनले यस पटक कोदोको खिर चखाउँदै उत्कृष्ट ४ मा परेका हुन् । “टप ६ जना भित्र पर्ने बेला सम्म त जित्छु जस्तो लागेको थिएन । तर अब चाहिँ जित्नै पर्छ भनेर लागेको छु,” बीबीसी मास्टर सेफ युकेमा नेपाली मात्र खाना पस्किएका शाह भन्छ्न्, “यो जित मेरो मात्र जित हुँदैन मैले जितेँ भने समग्र नेपाली खानाको जित हुन्छ ।”

बीबीसीले गर्ने उक्त प्रतियोगिताको प्रथम हुनेले यति नै पुरस्कार पाउने भनेर तोकिएको हुँदैन । उक्त प्रतियोगिता ‘बीबीसी मास्टर सेफ यूके’ टाइटलकै लागि मात्रै हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर