Aamsanchar

डाका मुद्धामा फरार बनेका मेचीनगरका राई पक्राउ

Author Image
बुधवार, पौष १, २०७७

चन्द्रगढी ।  डाका मुद्धा सजाय भोग्ने क्रममै  फरार बनेका एक व्यक्ती पत्राउ परेका छन् ।

जिल्ला अदालत झापालले २०७६ माघ २१ गतेको फैसला पछि प्रतिवादी झापा मेचीनगर–१० बस्ने बर्ष ४८ का देशबहादुर राई आज पक्राउ परेका हुँन । बिषेश सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले पुष १ गते आफ्नै घरमा रहेको अबस्थामा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

अदालतले राई उपर डाका मुद्धा प्रमाणित गरि प्रतिबादीलाई ६ महिना कैद सजाय र ५० हजार जरिवाना ठहराएको थियो । उक्त सजायमा जरिमाना अन्तरगत धरौटी सदर भएको र कैदको हकमा २३ दिन असुल भई बाँकी ५ महिना ७ दिन बेरुजु रहेको छ ।

जिल्ला प्रहरी कार्यालयमा धुनामा राखिएका राईलाई आजै फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई अदालतको आदेश अनुसार प्रतिबादी राई को पिसिआर परिक्षण भई रिपोर्ट नेगेटिभ आए पश्चात बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र आदेश भएको जिल्ला प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर