Aamsanchar

हिरासतका कैदीलाई कटारीको रंगीन टिभी र डिसहोम

Author Image
बिहिवार, पौष २, २०७७

उदयपुर- कटारी नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयका थुनुवाका लागि टिभी उपलब्ध गराइएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तगर्त कटारी नगरपालिकाले थुनुवालाई ३२ इन्चको सिजीको कलर टिभी उपलब्ध गराएको हो। थुनुवा सूचनाको हकबाट वञ्चित नहून् भनी टिभी उपलब्ध गराइएको कटारी नगर उपप्रमुख भीम कुमारी राउतले जानकारी दिइन्।

नगरपालिकाले टिभीसहित डिस होम जडान गरी सहज गरिदिएको कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। उपप्रमुख राउतले इलाका प्रहरी कार्यालय कटारीमै पुगेर डिसपी हेमन्त भण्डारीलाई टिभी हस्तान्तरण गरेकी थिइन्। इलाका प्रहरी कार्यालय कटारीमा अहिले १ महिलासहित २ पुरुष थुनुवा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर