Aamsanchar

ब्राउन सुगर र राइफलको गोली सहित नौ जना सार्वजनिक

Author Image
सोमवार, पौष ६, २०७७

उदयपुर । उदयपुरमा ४५ ग्राम ३६ मिलिग्राम ब्राउन सुगर र राइफलको गोली सहित ९ जना पक्राउ परेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरी छुट्टाछुट्टै स्थानबाट गरी ४५ ग्राम ३६ मिलीग्राम ब्राउन सुगर र राइफलका गोली सहित पक्राउ परेको अभियुक्तहरुको सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ बस्ने ३० वर्षिय जोनसेना भन्ने सुमन बस्नेत र त्रियुगा नपा १४ हाल त्रियुगा नपा १२ बस्ने २५ वर्षिय पार्वती मगर रहेका छन् । बस्नेतलाई स ११ प ६५९६ नम्बरको स्कुटर सहित गाईघाटको सदरमुकाम मेनचोकमा २० मिलिग्राम ब्राउन सुगर र ९ हजार ६ सय २० रुपैया सहित प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछको क्रममा मगरसमेत लागूऔषधमा संयुक्त रुपमा ब्राउन सुगरको कारोबार गरेको सूचनाका आधारमा खानतलासी गर्दा पार्वती मगरको डेरा बस्ने कोठाबाट २० ग्राम ३४ मिली ग्राम ब्राउन सुगर र ५७ हजार ८ सय रुपैया बरामद गरेको पत्रकार सम्मेलनमा एसपी भिमबहादुर दाहालले जानकारी दिए । एसपी दाहालका अनुसार मगरको कोठाबाट ब्राउन सुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट, चरोट, सिक्का पैसा र एक थान इन्सास राइफलमा लाग्ने गोली समेत बरामद गरेको जानकारी दिए ।

यस्तै ब्राउन सुगर कारोबारको आरोपमा त्रियुगा नगरपालिका १३ बरुवा खोलाबाट १६ ग्राम ३७ मिली ग्राम लागु औषध ब्राउन सुगर र स १० प ९७३३ नम्बरको मोटर साइकल सहित त्रियुगा नपा ११ कै ३२ वर्षिय नसिब राईलाई आइतबार पक्राउ परेको थियो । उनको साथबाट ११ हजार २ सय रुपैया समेत बरामद गरेको थियो ।

यस्तै त्रियुगा नगरपालिका ११ कै २२ वर्षिय भिमकुमार चौधरीको साथबाट ५ ग्राम २५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको थियो । यस्तै गोप्य सूचनाको आधारमा मोतिगडा फत्तेपुर सडक अन्तर्गत त्रियुगा नपा २ लुहाले खोला किनाराबाट ब्राउन सुगर सहित सोही वडाका ३१ वर्षिय रेवत कुमार खाती, त्रियुगा नपा ३ का ३४ वर्षिय रोहित कुमार चौधरी, ३३ वर्षिय जगसन राई, ३८ वर्षिय पर्वत दाहाल र त्रियुगा नपा ४ का ३२ वर्षिय देवेन्द्र मगर पक्राउ परेको थियो । उनीहरुको साथबाट ३ ग्राम ब्राउन सुगर, ब्राउन सुगर ओसारपोसार गर्न प्रयोग गरेको स ९ प ७३३२ र स ९ प २३३२ नम्बरको मोटर साइकल समेत बरामद गरेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पक्राउ परेको ४५ ग्राम ३६ मिलीग्राम ब्राउन सुगरबाट अन्दाजी ३ सय २२ डोज हुने एसपी प्रहरीले जानकारी दिए । प्रति डोज रु एक हजारको दरले विक्री गर्दा अन्दाजी ३ लाख २२ हजार मूल्य पर्ने एसपी दाहालले जानकारी दिए ।

यस्तै लागूऔषध मुद्धामा ३ महिना १९ दिन र १२ हजार जरीवाना तोकेर फरार प्रतिवादी त्रियुगा नगरपालिका ११ साकेला टोलका २९ वर्षिय विक्रम भन्ने पूर्ण बहादुर परियारलाई समेत पक्राउ परेको प्रहरीले जानकारी दिए । उनलाई कैद र जरिवाना भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जानकारी दिए ।

श्रोत : पूर्वेली न्युज

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर