Aamsanchar

राजावादीहरुसंगको भेटघाटका लागि पूर्वराजा शाह भोली झापा आउँदै, केही दिन पछि दिल्ली जाने

Author Image
बिहिवार, पौष ९, २०७७

दमक ।  पूर्वराजा ज्ञानेन्द्र शाह भोली पुस १० गते शुक्रवार झापा आउने भएका छन् । राजावादीहरुसंगको भेटघाटका लागि उनी शुक्रवार झापा आउन लागेका हुन् । हिँउदे भ्रमणका लागि भन्दै उनी पूर्वरानी कोमल शाह, बुहारी हिमानीलगायत परिवारका अन्य सदस्य समेत झापा आउन लागेका हुन् ।

निर्मलनिवासबाट हिउँदे भ्रमणका लागि झापा आएका उनी नयाँ दिल्लीसम्म पुग्ने तयारी गरिरहेका छन् ।

हरेक बर्ष पूर्वराजा जाडोमा झापा आउने गरेका छन्। तर यस पटक राप्रपालगायत राजावादी विभिन्न संगठनले आन्दोलन र प्रदर्शन पनि गर्ने तयारी थालेका बेला पूर्वराजाले उपत्यका छाड्नुलाई अर्थपूर्ण मानिएको छ ।

झापाको दमकमा रहेको मिनी दरवारमा उनको बसाई हुने छ । सोही क्रममा राप्रपाका नेता तथा कार्यकर्ता सहित राजावादीहरुसंग पूर्व राजाको भेटघाट हुने बताइन्छ । उनले झापाको एक शक्ति पीठको समेत उद्घाटन गर्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर