Aamsanchar

मेचीनगरका पर्शुराम हत्यामा काका,भतिजको संलग्नता

Author Image
बिहिवार, पौष ९, २०७७

धुलाबारी ।  झापा मेचीनगर— ९ खुट्टीडाँगी मगर टोल बस्ने ४२ वर्षीय पुलिस उपनामले चिनिने पर्शुराम गौतमको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई विहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय धुलावारी परिसरमा आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका सोहि ठाउँका ४७ वर्षीय बुधलाल किसान र अन्दाजी २८ वर्षीय भयंकर भनिने भुखन किसानलाई प्रहरीले सार्वजनिक गरेको हो । दुवैजना नातामा काका भतिज हुन् ।

वयानका आधारमा मृतक गौतम र भुखन किसानबीच विवाद भएको र भुखनले गौतमलाई कुटपिट गरेको भन्ने खुलेपछि प्रहरीले ७ गते नै मेचीनगर— ६ काँकरभिट्टाबाट भुखनलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ पूर्जी दिई पक्राउ गरेपछि भुखनले गौतमलाई कुटपिट गरी कर्तव्य गरी मारेको र सो समयमा लगाएको कपडाहरु काकाको घरमा रहेको माछा मार्ने ढोक्सामा राखेको, फेरि कसैले भेट्लान भनेर घर नजीकै रहेको पानी जमेको पैनीमा फालेको र भेष्ट बाहिरबाट लगाएको पातलो ज्याकेट समेत घरमा राखेको बयान दिएका थिए । दुवैलाई जिल्ला अदालत झापाबाट ७ दिनको म्याद अनुमति लिएर इलाका प्रहरी कार्यालय धुलावारीबाट थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढनु होस् । मेचीनगरका परशुराम गौतमको हत्यामा संलग्न दुईजनालाई प्रहरी आज सार्वजनिक गर्ने

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर