Aamsanchar

गुप्ताङमा लुकाई भारतबाट ब्राउनसुगर ल्याउदै गरेका कमल गाउँपालिका भट्टराई पक्राउ

Author Image
बुधवार, माघ ७, २०७७

झापा । झापाको मेचीनगरबाट ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कमल गाउँपालिका वडा नम्बर ६ का २० बर्षीय नबराज भट्टराई रहेका छन् ।

भारतबाट गुप्ताङमा लुकाई छिपाइ गरेर लागुऔषध नेपाल आउने क्रममा विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो काकरभिट्टा र ईलाका प्रहरी कार्यालय काकरभिट्टा बाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार मेचीनगर–६ मेचीपुलबाट भट्टराईलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

भट्टराईको साथबाट २० ग्राम ब्राउनसुगर फेला परेको र आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि अदालतबाट म्याद थप अनुमती लिएर ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखेर अनुसन्धान भईरहेको प्रवक्ता थापाले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर