Aamsanchar

प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेलाई बधाई

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् । बाइडेनले बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीच पारम्पारिक रुपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न चाहेको बताएका छन् । बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपति पदमा सपथ लिएलगत्तै उनलाई विश्वभरबाट शुभकामना दिनेहरुको संख्या बढिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर