Aamsanchar

नेपाल र इजरायलबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर हुँदै, इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला हुने

Author Image
बिहिवार, माघ ८, २०७७

काठमाण्डौ – नेपाल र इजरायलबीच गएको असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि आज दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ मा हस्ताक्षर हुने भएको छ ।

प्रोटोकलमा नेपाल सरकारकातर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायल सरकारका तर्फबाट नेपालका लागि इजरायली राजदूत हनान गोदरले हस्ताक्षर गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला हुनेछ । जसअनुसार पाँच सय नेपाली युवा रोजगारीका लागि इजरायल जानेछन् । यसले केयरगिभर, कृषि, होटल तथा रेष्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर खुल्नेछ ।

नेपाली युवाले इजरायली श्रम कानुनअनुसार सेवा सुविधा पाउनेछन् । प्रोटोकलमा हस्ताक्षरपछि एकरदुई हप्ताबाट श्रमिक छनोट प्रक्रिया सुरु हुने र डेढ/दुई महिनामा पहिलो चरणका लागि तोकिएका ५०० नेपाली रोजगारीका लागि इजरायल जाने मन्त्रालयका सचिव तोयम रायले बताउनुभयो । दुई देशबीचको सरकार-सरकार संयन्त्र (जीटूजी) बाट नेपाली इजरायल जानेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)

सम्बन्धित खबर