Aamsanchar

३ जना सवार मोटरसाइकल हुलाकी राजमार्ग अन्तर्गत सप्तरीमा दुर्घटना, २ जनाको मृत्यु, १ घाइते

Author Image
बिहिवार, माघ ८, २०७७

सप्तरी । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको डक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ । खडक नगरपालिका-११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको समयमा दुर्घटना भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका-११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र बीचमा सवार २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ । घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै दुवैको मृत्यु भएको प्रवक्ता साहले बताए ।

मोटरसाइकलमा पछाडि सवार खडक नगरपालिका ११ कै २१ वर्षीय सुनिलकुमार चौधरी भने घाइते भएका छन् । उनको टाउको र शरीरको विभिन्न भागमा चोटपटक लागेको छ । उनलाई उपचारका लागि राजविराज पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर