Aamsanchar

नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

Author Image
शुक्रवार, माघ ९, २०७७

काठमाडौं । संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) समूहले आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।

गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् । प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ । मञ्च व्यवस्थापनको जिम्मा पाएका युवा संघ संयोजक रामप्रसाद सापकोटा (दीपशिखा)ले विरोधसभा ‘टी’ आकारमा हुने बताए । ‘पुरानो बसपार्क–भद्रकाली सडक र प्रदर्शनीमार्गमा फैलिने गरी विरोधसभा हुन्छ,’ दीपशिखाले भने, ‘सभामा सहभागीहरु ‘टी’ आकारमा रहनेछन् ।’ त्यसका लागि सैनिकमञ्च टुँडीखेलको पर्खालसँगै जोडेर मञ्च निर्माण गरिएको छ ।

यसअघि १२ पुसमा प्रचण्ड–माधव समूहले भृकुटीमण्डप अगाडिको सडकमा विरोधसभा गरेको थियो । आजको विरोधसभाका लागि अति व्यस्त रहने पुरानो बसपार्क–भद्रकाली सडकमै मञ्च बनाइएकाले सो सडकखण्डमा गाडी चलेका छैनन् । प्रचण्ड–माधव समूहले आज काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोधसभा गर्दै छ ।

माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ । सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।प्रचण्ड–माधव समूहले विरोधसभा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर