Aamsanchar

शिकार खेल्न जानेक्रममा भरूवा बन्दुकको छर्राले लागेर बालकको मृत्यु

Author Image
शुक्रवार, माघ ९, २०७७

पाल्पा –शिकार खेल्न जानेक्रममा पाल्पामा भरूवा बन्दुकको छर्राले लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको रिब्दीकोट गाउँपालिका-८ दानसिङडाँडाका १३ वर्षीय लक्ष्मण छहारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए।

सिकार खेल्न जानेक्रममा गएराती ९ बजे उनलाई छर्राले लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो। शिकार खेल्न गएका अन्य तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। रैनादेवी छहरा गाउँपालिका वडा-४ भर्माटुङ बस्ने १७ वर्षीय ज्ञानबहादुर गाहा, १४ वर्षीय कमल राना, रिब्दीकोट गाउँपालिका -८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई नियन्त्रणमा लिएको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर