Aamsanchar

बसबाट ओर्लने क्रममा लडेर एक युवती गम्भीर घाइते

Author Image
शनिवार, माघ १०, २०७७

भक्तपुर- मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा बसबाट ओर्लने क्रममा एक युवती घाइते भएकी छ। सिन्धुली घर भई मध्यपुर थिमिको बोडेमा बस्दै आएकी २५ वर्षीया एलिसा राई थिमिबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६–ख ४३८ नम्बरको बसबाट ओर्लने क्रममा शनिबार बिहान ५ः४५ बजे लडेकी थिइन्। बसबाट लड्दा उनी गम्भीर घाइते भएकी हुन्।

बसबाट ओर्लने क्रममा लडेकी उनलाई सोही बसले किचेको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेका राईको लोकन्थलीस्थित समिट अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस र बसका चालक २५ वर्षीय चन्द्रबहादुर प्रधानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर