Aamsanchar

अनलाइनमार्फत आवेदन दिए पनि लाइसेन्सको परीक्षाका लागि ५ महिनासम्म कुर्नुपर्ने

Author Image
शनिवार, माघ १०, २०७७

काठमाण्डौ-गाडीको लाइसेन्स लिन चाहनेहरुले अनलाइनमार्फत आवेदन दिए पनि परीक्षाका लागि लामो समय कुर्नुपर्ने समस्या तत्काल नहट्ने भएको छ । अनलाइन प्रणालीमार्फत आवेदन दिनेहरु धेरै भएकाले ४ देखि ५ महिनासम्म पनि परीक्षाको पर्खाइमा बस्नुपर्ने हुन सक्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

अनलाइन प्रणालीमार्फत आवेदन दिएकाहरुको सिरियल क्रम अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने विभागले जनाएको छ । र त्यसै सिरियल नम्बरको आधारमा परीक्षाका लागि बोलाइने विभागका प्रवक्ता लोकनाथ भुषालले जानकारी दिनुभयो  अहिलेको भौतिक संरचना बढाउने काम नभएको तर आवेदकको संख्या भने बढेकाले समस्या भएकोले आवेदन दिने बित्तिकै परीक्षा दिन पाउने भन्ने नभएको उहाँको भनाइ रहेको छ ।

आवेदन दिएकाहरुमध्येबाट कार्यालय खुलेको दिन एक सयदेखि १ सय ५० जनासम्मलाई बोलाएर परीक्षा लिने गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर