Aamsanchar

भारतका पूर्व अतिरिक्त सचिवले भने- हृदयेन्द्रलाई राजाको रुपमा अघि सार्न सकिने

Author Image
आइतवार, माघ ११, २०७७

काठमाडौं । भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत नेपालमा राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान पुनर्स्थापनामा लाग्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले नेपालमा चीनको प्रभावलाई कम गर्न प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुभन्दा नयाँ विकल्पको खोजीमा लाग्नुपर्ने सुझाव दिनुभयो । ‘टेलिग्राफ इन्डिया डटकम’मा प्रकाशित लेखमा उहाँले गिरिजा प्रसादले ‘बेबी किङ’ का रुपमा अघि सारेका हृदयेन्द्रलाई राजाको रुपमा अघि सार्न सकिने समेत बताउनुभएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाह सर्वसाधारणको जीवन निर्वाह गरिरहेको र पूर्व युवराज पारस शाह उपयुक्त पात्र नभएकले हृदयेन्द्र उपयुक्त पात्र रहेको रमेशको ठम्याइ छ । हुदयेन्द्र १८ वर्ष पुगिसकेको र भारतीय राजपरिवारसँग राम्रो सम्बन्ध पनि भएको उहाँको लेखमा उल्लेख छ ।

नेपालमा राजतन्त्रको मागसहित भएको आन्दोलनलाई भारतले रोक्न नहुने सुझाव समते उहाँले दिनुभएको छ । नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङको आक्रामक कदम र कम्युनिस्ट सिद्धान्तको फैलावटलाई रोक्न धार्मिक कार्ड पनि अस्त्र हुनसक्ने उहाँको ठम्याइ छ । यसका लागि नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व लिनुपर्ने उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर