Aamsanchar

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

Author Image
मङ्गलवार, माघ १३, २०७७

काठमाण्डौ-ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना ट्रक चालक पक्राउ परेका छन् । काठमाण्डौको नयाँ बसपार्कमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने रामेछापको खिम्ती गाउँपालिकाका टेकबहादुर थापामगर पक्राउ परेका हुन् ।

नियम विपरीत सामान लोड गरी ल्याएको पाइएपछि बा २ ख ८०६५ नम्बरको ट्रक चालक थापामगरलाई सवारी तथा यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गर्न खोज्दा उनले घुस दिन खोजेका प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर