Aamsanchar

बाबु द्वारा दुई वर्षीय छोरीको हत्या

Author Image
मङ्गलवार, माघ १३, २०७७

अर्घाखाँची । अर्घाखाँचीमा एक बाबुले दुई वर्षीय छोरीको हत्या गरेका छन् । केही महिनादेखि श्रीमती माइतमा गाएकाले बाबुसँगै बसेकी दुई वर्षीया छोरीको हत्या गरेका हुन् ।

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं. २ सीतापुरको झिर्राका स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नै दुई वर्षीय छोरी सृष्टि घिमिरेको हत्या गरेको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ । घटनामा संलग्न घिमिरेलाई नियन्त्रणमा लिइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर