Aamsanchar

प्रधानमन्त्रीको कार्यक्रमका लागि मन्त्रीले नै चन्दा मागे

Author Image
सोमवार, माघ १९, २०७७

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि मन्त्रीले नै चन्दा मागेका छन् । सिराहा सदरमुकाममा सोमबार हुन गइरहेको स्व। हेमनारायण यादवको १७ औं स्मृति सभामा सहभागी हुन प्रधानमन्त्री ओली आउँदैछन् । उक्त कार्यक्रमका लागि कानुनमन्त्री लिलानाथ श्रेष्ठले सरकारी कार्यालयसँग चन्दा मागेका छन् । मन्त्री श्रेष्ठ नेकपाका सिराहा इन्चार्ज हुन् । उनकै हस्ताक्षरमा सरकारी कार्यालयमा आर्थिक सहयोग माग्दै पत्राचार गरिएको छ ।

स्व। हेमनारायण यादवको १७ औं स्मृति दिवसका लागि मन्त्री श्रेष्ठले वििभन्न कार्यालयमा पत्र मार्फत आर्थिक सहयोग माग गरेका छन् । कार्यालयहरुमा पठाइएको पत्रमा रकम उल्लेख नगरिएपनि मन्त्री श्रेष्ठले रु। ५० हजारसम्म उपलब्ध गराउन दबाब दिएको एक कार्यालय प्रमुखले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर