Aamsanchar

विश्वव्यापी रूपमा एकताबद्ध भइ म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयमा निन्दा गर्नुपर्छ : कांग्रेस

Author Image
सोमवार, माघ १९, २०७७

काठमाण्डौ – नेपाली कांग्रेसले म्यानमारको सेनाले ‘कू’ गर्दै सत्ता हत्याएको विषयलाई विश्वव्यापी रूपमा एकताबद्ध भइ निन्दा गर्नुपर्ने बताएको छ । सोमबार बिहान म्यानमारको सेनाले नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेत्री आङ सान सू ची र राष्ट्रपति विन मिन्टसहितका नेताहरूलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको विषयमाथि आफ्नो प्रतिक्रिया दिँदै नेपाली कांग्रेसले विश्वव्यापी रूपमा साझा ऐक्यबद्धताका साथ निन्दा गर्नुपर्ने बताएको हो ।

सोमबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले म्यानमारमा सेनाले सत्ता कब्जा गरि एक वर्ष सङ्कटकाल घोषणा गरेको विषयलाई विश्वव्यापी रूपमा निन्दा गनुपर्ने बताउनुभएको हो । प्रजातन्त्र निलम्बित भएको यस घटनालाई विश्वले साझा ऐक्यबद्धताका साथ प्रश्न उठाउनुपर्ने उहाँको भनाइ छ । नेपाली कांग्रेसले म्यानमारको यस घटनाप्रति विरोध प्रकट गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

गएको नोभेम्बरमा भएको चुनावमा आङ सान सू चीको पार्टी एनएलडीले बहमुत प्राप्त गरेको भए पनि चुनावमा धाँधली भएको भन्दै सेना र सरकारबीच द्वन्द्व बढेको थियो । यसै टकरावका बीच सेनाले आफ्नो हातमा सत्ता लिएको हो ।

प्रवक्ता शर्माले चुनावमा प्रश्न उठे त्यसलाई निश्चित विधि र प्रक्रियाले निरुपण गरि संवैधानिक र राजनीतिक प्रक्रियाद्वारा हल गर्न सकिने विषय भएको बताउनुभयो । सेनाले हस्तक्षेप गरि लोकतन्त्र निलम्बन गर्ने कुरा र लोकतान्त्रिक प्रक्रियाबाट आएको नेतृत्वलाई विस्थापित गर्ने कुरा स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ ।

प्रवक्ता शर्माले म्यानमारको घटनामा नेपाली कांग्रेसको प्रष्ट विमति रहेको बताउनुभयो । कांग्रेसले सबैखाले प्रतिगमनको विरोध गर्ने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर