Aamsanchar

छजना जुवाडे पक्राउ

Author Image
बुधवार, मंसिर १, २०७३

भीमदत्तनगरः

2013-04-26-1366974426

सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बुधबार जुवा खेलिरहेको अवस्थामा रकमसहित जुवाडे पक्राउ गरेको छ । ब्यूरोले चार लाख ११ हजारसहित छ जना जुवाडेलाई पक्राउ गरेको हो ।

कैलालीको अत्तरीया नगरपालिका–१ पुरानो बजारस्थित झाडी किनारमा जुवा खेलिरहेको अवस्थामा ब्युरोबाट खटिएको प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा नेतृत्वको टोलीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।

मालाखेती–२ का दिनेश भट्ट, नवराज भट्ट, सुबोध भट्ट र गेटा–१२ का सुवास बोहरा, राजपुर–११ का रामबहादुर खड्का र अत्तरीया–१ का नकुल तामाङलाई पक्राउ गरिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

लामोे समयदेखि जुवा खेल्ने स्थान परिवर्तन गरेर खेल्ने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर