Aamsanchar

नेपालले आज माल्दिभ्ससँग खेल्दै

Author Image
आइतवार, जेठ १०, २०८३

काठमाडौं – काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ।

घरेलु टोली नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे सुरु हुनेछ।

खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्टस् च्यानलमा हेर्न सकिन्छ ।
नेपालले यसअघि दुई खेल खेल्दा एकमा जित र एकमा हारको नतिजा निकालेको थियो।नेपाल दुई खेलबाट ४ अंकसहित समूह बी को दोस्रो स्थानमा छ। यसअघिका दुवै खेलमा पराजित माल्दिभ्स समूहचरणबाट बाहिरिसकेको छ।

तुलानात्मक रुपमा कमजोर टोली माल्दिभ्सलाई हराएर सेमिफाइनल पुग्ने नेपालको लक्ष्य छ। नेपालका पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो। दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएरपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको हो।

यस समूहमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ भने किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ। माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेमा नेपालको ७ अंक हुनेछ र सेमिफाइनल पुग्न यस समूहको अर्को खेलको नतिजा कुर्नुपर्ने छैन।

आजै मध्यान्न १२ बजे समूह बी मा रहेको इरान र श्रीलंकाबीच खेल हुनेछ भने साढे २ बजे काजाखस्तान र बंगलादेशबीच खेल हुनेछ।

Views: 20

प्रतिक्रिया (०)

सम्बन्धित खबर