Aamsanchar

सुनको भाउ घट्यो

Author Image
आइतवार, जेठ १०, २०८३

काठमाडौँ – नेपाली बजारमा सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा दुई हजार ८०० रुपैयाँले घटेको हो।

यससँगै प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी आज तोलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियो।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर