Aamsanchar

फिर्केखोला क्षेत्रमा महानगरले चलायाे डोजर

Author Image
आइतवार, जेठ १०, २०८३

तस्बिर : अन्नपूर्णपाेष्ट

पोखरा – पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) क्षेत्रभित्र बनेका संरचना हटाउन डोजर चलाउन थालेको छ । वर्षौंदेखि विवादमा रहेको फिर्केखोला क्षेत्रको संरचना हटाउएर महानगरले आजबाट डोजर चलाउन थालेको हो ।

लगििपोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका तीन ठाउँबाट एकै पटक डोजर चलाइएको हो । पहिलो चरणमा जिरो किमी र सिर्जना चोकको बीचमा फिर्के खोलामाथिका संरचनामा डोजर लगाइएको छ । अर्को डोजरले वडा नम्बर २ र १८ को सीमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा वडा नम्बर ४ तर्फ आउने जनाइएको छ ।

लगििअर्को डोजरले वडा नम्बर ४ र ५ को सीमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिरदेखि भत्काउन सुरु गरी वडा नम्बर ५ र ८ तर्फ आउने छ । २०८० साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाउन लागिएको हो । प्रतिवेदनअनुसार खोला घरभित्र १६० वटा संरचना पर्छन् ।

 

फेवातालमा मिसिने फिर्केखो खोलाघर मिचेर बस्ती बस्न थालेपछि घरका फोहोर पानी र बजारको ढलका कारण फेवाताल प्रदूषणको चपेटामा परेको छ। फेवातालमा मिसिने फिर्केखोलामा जथाभावी फोहार फ्याँकिदा ताल प्रदूषणको चपेटामा पर्दै गएको हो । प्लाष्टिक जन्य फोहोर र माटो गेगर समेत फिर्के खोला हुँदै पोखरा ६ र १७ नम्बर वडाको गाईघाट स्थित तालमा मिसिदा ११ रोपनी बढी ताल क्षेत्र चौरमा परिणत भएको पोखरा महानगरपालिकाले जनाएको छ। प्राविधिक समितिले खोलाको प्राविधिक सिमांकन पश्यात खोलाघर छुट्याउन २०८० भदौ २ गते ५८८ वटा सिमा स्तम्भ गाडेको थियो । सीमास्तम्भ गाडेपछि २०८० कात्तिक १० गते महानगरपालिकाले खोला घर भित्रका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । यस अघि सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर भएको थियो।

उच्च अदालतले महानगरपालिकाको सूचनाउपर उत्प्रेषण रपरमादेशको आदेश जारी गर्न नपर्ने फैसला गरेपछि महानरपालिकालाई अतिक्रमण हटाउन कानुनी बाटो खुलेको थियो । फिर्खेखोला पोखरा महानगरपालिकाको वडा नम्बर १८ बाट सुरु भएर वडा नम्बर २, ४, ५, ७, ८, ६ र १७ नम्बर हुँदै फेवातालमा पुगेर टुँगिन्छ । खोला अतिक्रमणका र प्रदूषणका कारण खोलाको जैविक विविधतामा पनि असर परेको महानगरपालिकाले जनाएको छ । पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड ६ मिटर कायम गरेको छ । मापदण्ड कायम गर्दा अझै धेरै संरचना हटाउनु पर्ने महानगरपालिकाले जनाएको छ ।

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर