Aamsanchar

विश्व रेडियो दिवस, नेपालमा रेडियोको सुरुवाती

Author Image
बिहिवार, फागुन १, २०७६

आज १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाइ सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरुले विश्व रेडियो दिवस्ु को रूपमा मनाउने गर्दछन् । मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा महत्वपूर्ण योगदान छ रेडियोको ।

रेडियोले एउटा ईतिहास बोकेको छ, सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछी आजसम्म रेडियो र यसका संरचनाहरुले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । एउटा अद्भूत अविष्कार जसले एउटाले बोलेको आवाज अथवा ध्वनी तारविहिन रूपमा अन्य ठाउँमा रेडियोको माध्यमबाट सुन्न सकिन्थ्यो, सञ्चारको माध्यममा यो एउटा क्रान्ति थियो । सामान्यतः २० हर्जदेखि २० किलोहर्जसम्मको ध्वनी तरङ्ग मानिसले सुन्न सक्दछ तर यो परिधी बाहिरका रेडियो तरङ्गहरुलाई हामी रेडियो मार्फत् सुन्दछौं ।

सन् २०११ मा ग्ल्भ्क्ऋइ ले विश्व समूदायका लागि निरन्तर रूपमा प्रभावकारी सञ्चारको माध्यम बनेर सस्तो तर सशक्त ढङ्गले दिएको योगदानस्वरूप यससंग जुटेका सम्पूर्ण रेडियोकर्मी र श्रोताहरुको सम्मानमा आजको विशेष दिनलाई विश्वभर विश्व रेडियो दिवस् को रूपमा मनाउन थालेको हो र यसकै निरन्तरता स्वरूप आज सातौ विश्व रेडियो दिवस विश्वका रेडियो, रेडियोकर्मी र यससंग जुटेका अर्बौं श्रोताका लागि विशेष बनेको छ ।

खुमलटार स्टूडियोको उद्घाटन गर्नुहुँदै तत्कालिन राजा विरेन्द्र । संग्रहित तस्बिर पुनः खिचिएको हो ।

प्रथम रेडियोको स्थापना
नेपालको १०४ वर्ष लामो जहानीया राणा शासनको जरो उखेली २००७ साल फाल्गुण ७ गते एतिहासिक निर्दलीय प्रजातन्त्र प्राप्तिको एक मिहना नबित्दै वि।सं। २००७ साल चैत्र २० गते देशको पहिलो रेडियोका प्रमुख तारीणी प्रसाद कोइरालाले, ूयो प्रजातन्त्र रेडियो हो।।।ू भनेसंगै जनताले सहज सूचना प्राप्तिको श्रोतको रूपमा ूप्रजातन्त्र रेडियोू प्राप्त भयो । अनि प्रारम्भ भयो पहिलो विद्यूतीय सञ्चार माध्यम जुन ५०० वाट क्षमताको क्जयचत ध्बखभ मार्फत् ललितपुरको, खुमलटार स्टेशनबाट प्रशारण भएको थियो ।

यस्तै जनतालाई सञ्चारमा सहज पहुँचको उद्देश्यले सरकारी सञ्चार विस्तारको क्रममा वि।सं। २०३९ सालमा ललितपुरको भैंसेपाटी र पोखरा गरी दुई ठाउँबाट १०० किलोवाट क्षमताको पहिलो Medium Wave रेडियोको प्रारम्भ भयो जसलाई क्रमशः २०४९ सालमा वर्दिवास, धरान-धनकुटा, सुर्खेत, दिपायल गरी ५ वटै विकास क्षेत्रबाट सेवा विस्तार गरिएको थियो ।

त्यस्तै ८८ मेगाहर्ज देखि १०८ मेगाहर्ज निर्धारण गरी देशको पहिलो Frequency Modulation (FM) रेडियोको प्रारम्भ रेडियो नेपालले १००० वाट क्षमताको  ट्रान्समिटरबाट २०५३ साल कार्तिक २३ गते ललितपुरको खुमलटारबाट सेवा प्रारम्भ गर्यो । नेपाली सङ्गीत र सङ्गीत प्रवर्धन तथा तात्कालिन सरकार, सरकारी सूचनामा केन्द्रित रेडियो नेपाल एउटा रफ्तारमा थियो, जापानको सहयोगमा सिंहदरबारले स्तरीय सुविधा र प्रविधियूक्त प्रशारण स्टूडियो सञ्चालनमा ल्याइसकेको थियो ।

दक्षिण एसियाको पहिलो स्वतन्त्र रेडियोको पहल
सोहि समय नेपाली समूदाय र स्वतन्त्र सञ्चारका लागि वकालत गर्ने अभियानमा  UNESCO  संगको निरन्तर सहकार्यको लागि  नेपाल वातावरण पत्रकार समूहु (NEFEJ) अन्तर्गत् मुरारी सिवाकोटी, अन्तराष्ट्रिय मेडिया सहकार्यका लागि ओम खड्का तथा देशमा सरकार, मेडिया र कानूनी सहकार्यमा वरिष्ठ सञ्चारकर्मी तथा सामूदायीक रेडियो अभियन्ता रघू मैनालीसहितको लबिङ्ग कमिटि सहितको समूह सक्रिय भयो । जसलाई रघु पन्त, हेम ब. बिष्ट, कनकमणि दिक्षित तथा भारतदत्त कोइराला जस्ता सञ्चार दिग्गजहरूको जमातले रणनीतिक सहकार्यमा निरन्तर साथ दिइरहेको थियो । यसै क्रममा तयारी थालियो दक्षिण एसियाकै प्रथम सामूदायीक रेडियो स्थापना गर्ने ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 342

प्रतिक्रिया (०)

सम्बन्धित खबर