Aamsanchar

कोरोना भाइरस

Author Image
सोमवार, फागुन ५, २०७६

उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ ।

यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।

विश्वभर २ हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ, जसमध्ये चीनमा मात्रै ३ हजार ८ सय ८५ जना छन् । चीन बाहिर ३७ जना मानिसमा कोरोना संक्रमणको पुष्टि हुँदा ३६ जना चीन ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेहरु छन् । कोरोना भाइरसबाट संक्रमित भएका मध्ये भियतनाममा १ जनामा मात्र मानिसबाट मानिसमा सरेको डव्लुएचओले जनाएको छ ।

के हो त कोरोना भाइरस ?

जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो यो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो । अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो ।

यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र एवं धेरै छ । स्वास्थ्य विशेषज्ञहरुले यो निकै भयानक रहेको बताइरहेका छन् ।

कोरोना भाइरस समुद्री खानाबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो। यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। अहिले यो भाइरस चीनबाट विभिन्न देशहरूमा फैलिरहेको छ। यस भाइरसबाट चीनमा अध्ययनरत एक जना नेपाली व्यक्तिलाईसमेत सङ्क्रमण भएको पुष्टी भएको छ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो । कोरोना भाइरसको संक्रमण र बच्ने उपायलाई लिएर पछिल्लो समय उठेका विभिन्न १० जिज्ञासालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्पष्ट पारेको छ।

प्रभावित व्यक्तिमा बयस्क धेरै
९९ जना विरामीमा धेरै जसो वयस्क व्यक्तिहरु थिए । उनीहरु मध्य ६७ जना पुुरुष थिए र विरामीको औसत उमेर ५६ वर्ष थियो । तर उपलब्ध तथ्यांक अनुसार संक्रमित महिला र पुुरुषको संख्यामा खासै भिन्नता छैन । चिनको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुुसार ६ जना पुरुषको तुुलनामा ५ जना महिलामा यो भाइरसको संक्रमण पाइएको थियो । महिलाको तुुलनामा पुुरुषलाई यो भाइरसले धेरै संक्रमण गर्नुमा सामाजिक तथा सांस्कृतिक कारणलाई मुख्य जरोको रुपमा मानिएको छ । चिकिस्तकका अनुसार महिलामा एक्स क्रोमोजोम र सेक्स हर्मोन धेरै हुुने भएकाले उनीहरुको प्रतिरोधक क्षमता पुुरुष भन्ला बढि हुुन्छ । त्यसैले यो भाइरसले महिलालाई भन्दा बढि पुुरुषलाई धेरै संक्रमित बनाएको उनीहरुले बताए ।

१, के चीनबाट कुनै पत्र या प्याकेज प्राप्त गर्नु सुरक्षित छ ?
यो सुरक्षित छ। चीनबाट प्राप्त गर्ने विभिन्न पत्र र प्याकेजहरुबाट कोरोना भाइरसको संक्रमणको जोखिम छैन। कोरोना भाइरस लामो समयसम्म जीवित नरहने विभिन्न अध्ययनले देखाएको छ।

२, घर पालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ ?
कोरोना भाइरसबाट घर पालुवा जनावर संक्रमित भएको प्रमाण हालसम्म भेटिएको छैन। तर उनीहरुको सम्पर्कपछि साबुन पानीले राम्रोसंग हात धुनु आवश्यक छ। जसले विभिन्न व्याक्टेरियाका कारण हुने रोगहरुबाट पनि बचाउँछ।

३, निमोनिया विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ?
निमोनिया विरुद्धको खोप, हिमोफिलस इन्फ्लुएन्जा बी विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन। यो भाइरस नयाँ भएकाले यसको लागि नयाँ र यसै विरुद्धको खोपको आवश्यक पर्छ। अध्ययनकर्ताहरुले हाल देखिएको कोरोना भाइरसको संक्रमण विरुद्धको खोपको विकास गर्दैछ। यसका लागि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ।

४, नाकको सरसफाइ गर्ने विशेष उत्पादन ‘स्लाइन’को सहयोगले नियमित रुपमा नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?
स्लाइनको सहयोगमा नियमित नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन। तर यसले सामान्य रुघाखोकीबाट भने बचाउन मद्दत गर्छ।

५, माउथवासले कुल्ला गरेर मुखको सफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?
मुखको सरसफाईले कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन। केही माउथवासले मुखमा रहेका किटाणुबाट केही मिनेटसम्म सुरक्षा प्रदान गरेपनि कोरोना भाइरसको संक्रमणबाट भने जोगाउँदैन।

६, लसुन खानाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?
लसुन एक स्वथवद्र्धक खाने कुरा हो। जुन एन्टीमाइक्रोबेलले भरिपूर्ण हुन्छ। तर लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन।

७, तिलको तेल लगाउनाले कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ ?
तिलको तेलले कोरोना भाइरसलाई मार्दैन। यसमा भएको केही रासायनिक तत्वले कोरोना भाइरसलाई सतही रुपमा मार्न सक्छ। यसमा किटाणुनाशकमा आधारित ब्लीच÷क्लोराइन, ७५ प्रतिशत इथानल, पारासेटिक एसिड र क्लोरोफर्म मिसाइएको हुन्छ। त्यसलै यो तेल छालामा लगाउने या नाकको तल राख्नुभयो भने सायद यसले भाइरसलाई थोरै या प्रभाव नै नपार्ने हुन सक्छ। तर यो रासायनिक छालाको लागि भने खतरनाक हुन सक्छ।

८, के कोरोना भाइरसले वृद्धवृद्धालाई असर गर्छ ? या युवाहरु पनि यसको जोखिममा पर्छन्रु
सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ। वृद्धवृद्धा, दीर्घ रोगी ( दम, मधुमेह, मुटुजन्य रोग ) लाई यस भाइरसले गम्भीर खालका बिरामी बनाउन सक्छ। त्यसैले सबै उमेर समूहका मानिस कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ। यसका लागि हातको सरसफाई र सही तरिकाले श्वासप्रश्वासको सरसफाईमा ध्यान दिन आवश्यक छ।

९, कोरोना भाइरसको रोकथाम या उपचारका लागि एन्टीबायोटिक प्रभावकारी हुन सक्छ ?
एन्टीबायोटिकले भाइरस विरुद्ध काम गर्दैन। यो ब्याक्टेरिया विरुद्धका लागि मात्र हो। हाल देखिएको यो नयाँ कोरोना भाइरस हो। त्यसैले यसको रोकथाम या उपचारका लागि एन्टीबायोटिकको प्रयोग हुँदैन। यद्यपि अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितले एन्टीबायोटिक लिन सक्छन्। किनभने उनीहरुलाई ब्याक्टेरियल संक्रमणको संभावना पनि हुन सक्छ।

१०, कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छ ?
हालसम्म कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन। कोरोना संक्रमित व्यक्तिको उपचार अहिले लक्षणको आधारमा गरिन्छ। केही विशेष उपचार अनुसन्धान अन्तर्गत भइरहेका छन्, जुन क्लीनिकल परीक्षण मार्फत भइरहेको छ। विश्व स्वास्थ्य संगठनले यसका लागि भइरहेका विभिन्न अध्ययन र विकासलाई समर्थन गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 302

प्रतिक्रिया (०)

सम्बन्धित खबर