Aamsanchar

लायन्स र लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानद्वारा मानविय सेवा

Author Image
शनिवार, फागुन १०, २०७६

काठमाडौं । लायन्स र लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानद्वारा पशुपति क्षेत्रमा निशुल्क स्वास्थ्य सिबिर सञ्चालन र खानेपानी वितरण सिबिर सञ्चालन गरेको छ ।

लगभग ३० जना लियो र लायन्स मित्रहरुले उक्त एक दिने निशुल्क स्वास्थ्य सिबिर सञ्चालन गरेको हो ।
उक्त सिबिरमा औषधी र खाजाको सहयोग कमिटी चियर पर्सन मिना लामाबाट भएको थियो र डाक्टर सन्युक्ता गुप्ता लिओ नर्शिङहरु बाट सहयोग भएको थियो विभिन्न सहयोग पि आ रो बिमला कुमारी श्रेष्ठ उपाध्यक्ष सुस्मा रेग्मी र महालक्ष्मी खरेल क्लबका सचिव बिन्दिका गुरुङले आर्थिक सहयोग गर्नुभएको थियोे। उक्त कार्यक्रममा लायन्स अटल पिङ्गलास्थानका अध्यक्ष दुर्गा थापा बाट समापन भएको थियो।
लियो क्लब अफ काठमाडौं अटल पिङ्गलास्थानका लियो साथीहरुले विभिन्न सहयोग गरि कार्यक्रम भव्य बनाउनुभए थियो प्रबेस कुमार कार्की, सिखा पुडासैनी, सम्झना र प्रियंका पाण्डे आदि।

उक्त सिबिरले धेरै भक्त जन र जनतालाई रोग पिडा नहोस र बिरामी परेर अशक्त नहोस् भनेर विभिन्न जनमानसलाई उपचारहोस र सेवा भन्ने उदेश्यले स्वास्थ्य सिबिर र खानेपानी वितरण कार्यक्रम सञ्चालन गरेको बताउनु भयो हामीलाई लियो अटल अफ काठमाडौं अटल पिङ्गलास्थानका अध्यक्ष रामेश्वर शर्मा भुर्तेलले उहाँले भन्नुहुन्छ हाम्रो सहयोगले जनता खुसि हुनुका साथै हाम्रो सम्बन्ध अझ गाढा र प्रगाढ होस भन्ने उदेश्य हो,खास गरी भन्नु पर्दा यो सेवा जनताका लागि हाम्रो चिनोहोस भन्ने हो ।’
लायन्स र लियोले सञ्चालन गरेको उक्त सिबिरबाट सो क्षेत्रका करिब ५ सय बढी बृद्ध,बृद्धा तथा महिला केटा केटीले उपचार सेवा लिएका छन् ।

Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर