काठमण्डौं, अन्तर्राष्ट्रिय नारी दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अन्तर्राष्ट्रियस्तरमा लैंगिक समानताका लागि पाईला हाराहारीस् सन् २०३० सम्म हिस्सा बराबरी नारा तय गरिएपनि नेपालमा भने संविधानलाई व्यवहारमा उतारौं : महिला अधिकार सुनिश्चित गरौं नाराका साथ दिवस मनाईंदैछ ।
भनिन्छ, नारी गहना हुन्, नारी देवी हुन् । नारीको पूजा गर्नुपर्छ । नारी महान हुन्छन्, नारी समान हुन् तर यो भनाइमा मात्र सीमित छ, जो व्यवहारमा लागू छैन । नारीको हकहितका लागि थुप्रै सङ्घसंस्थाले कार्यक्रम पनि नगरेको होइन तर यस्ता कार्यक्रम दुर्गममा भन्दा सहरमा मात्र केन्द्रित छन् ।
बीसौँ शताब्दी पूँजीवादको शताब्दी हो। पुँजीपति वर्गले नाफा कमाउने होडबाजीका कारण महिलालाई अत्यधिक शोषण गर्न थाले। यस्तो शोषणको प्रतिवाद गर्दै सन् १९०८ मा अमेरिकाको सिकागोका महिलाले आफ्नो श्रमको उचित मूल्य हुनुपर्ने, स्वस्थकर वातावरण र सामाजिक सुरक्षा हुनुपर्ने, आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा विश्राम गर्न पाउनुपर्ने जस्ता माग राखी विरोध प्रदर्शन गरे। यसले पछि आन्दोलनको स्वरुप लियो। पछिल्लो समयमा माहिलाले सार्वजनिक क्षेत्रमा पनि प्रवेश पाउनुपर्ने, रोजगारीको अधिकार सुनिश्चित हुनुपर्ने, मताधिकार हुनुपर्ने जस्ता कुरामा पनि बहस चल्न थाल्यो र महिला अधिकार ज्वलन्त बहसको विषय बन्यो।
महिला अधिकारको आन्दोलन सुरुमा श्रमसँग जोडिएकाले अन्तर्राष्ट्रिय महिला दिवसलाई पनि श्रमिक नारी दिवस भनियो। यो दिवस मनाउने निर्णय गर्नुपूर्व नै महिलाले आफ्नो श्रमसँग जोडेर अधिकारको लडाइँ सुरु गरिसकेका थिए। पछि दिवस मनाउने निर्णय पनि श्रमिक महिलाहरूले नै गरेका थिए। सन् २०१० मा क्लारा जेट्किन रोजा लग्जेर्म्बर्गको अगुवाइमा कोपेनहेगनमा भएको श्रमिक महिलाको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले यो दिवस मनाउने निर्णय गरेको थियो। १७ देशका एक सय बढी महिला सहभागिता त्यो सम्मेलनमा दिवससम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको थियो।
विश्व समुदायमा गरिबी, अशिक्षा, एचआइभी एड्स, द्वन्द्व र सामाजिक अन्यायका कारण पीडामा परेका एकल महिला र उनीहरुका बालबालिकालाई सहयोग गर्नका निमित्त चेतना जागरण गर्न संयुक्त राष्ट्र संघको सन् २०१० को निर्णय अनुसार हरेक वर्ष जुन २३ तारिख अर्थात असार ९ गते अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिएको छ ।
विश्व समुदायमा रहेका एकल महिलाहरू कुनै न कुनै समस्याबाट पीडित भइरहेको पाइएको छ । चाहे त्यो सामाजिक, आर्थिक, धार्मिक, मानसिक, शारीरिक, सांस्कृतिक, राजनीतिक वा कानुनी रूपमा समेत कहीँ न कहीँ पीडित भइरहेको स्पष्ट रुपमा देख्न सकिन्छ । सबैभन्दा बढी एकल महिलाहरु यौन हिंसाको शिकार बन्न पुगेको पाइन्छ । जुन घटनाहरु कमै मात्र सार्वजनिक हुने गर्दछन् । यौन हिंसाका कारण एकल महिलाहरुमा विभिन्न खाले मानसिक तथा शारीरिक जोखिम बढ्दै जानुका साथै डिप्रेसनको समस्या उब्जिन गई मादक पदार्थ सेवनको कुलतदेखि यौन संक्रमित रोगहरुबाट पीडित हुन पुग्ने देखिन्छ । नेपालको सन्दर्भमा २०५२ सालदेखि २०६३ मंसिरसम्म माओवादीबाट संचालित सशस्त्र द्वन्द्वको समयमा करिव १४ हजारको हाराहारीमा नेपाली जनताले मृत्यूवरण गर्न बाध्य भएका थिए । जसमा १ हजारको हाराहारी महिलाहरु र बाँकी पुरुष रहेको भएतापनि त्यसको प्रत्यक्ष असर महिलालाई नै पर्न गएको देखिन्छ । त्यसैले पनि द्वन्द्वबाट सबैभन्दा बढी महिला नै पीडित बन्न पुगेको यथार्थ नकार्न सकिँदैन । त्यसको अलावा विभिन्न कारणले एकल बन्न पुगेका महिलाहरु समेत धेरै नै रहेको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर झण्डै २४ करोड ५० लाख एकल महिला र उनीहरुमा आश्रित ५० करोड बालबालिहरु विभिन्न खाले पीडामा रहेका छन् । त्यसमध्ये ११ करोड ५० लाख भन्दा बढी एकल महिला गरीबीमा बाँच्न बाध्य छन् । ८ करोड भन्दा बढी महिला शारीरिक दुव्र्यवहार सहन बाध्य छन् । नेपालको जनगणना २०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख रहेको छ । जुन विधुरको तुलनामा झन्डै तीन गुना बढी भएको अनुमान गरिएको छ ।
नेपाली समाजमा रहेका एकल महिला अझ पनि सामाजिक दुव्र्यवहारको शिकार भइरहेका छन् । ३५ वर्षसम्म उमेर पुरा गरेर स्वास्थ्य, शारीरिक जस्ता विविध कारणले विवाह हुन नसकेको वा स्वइच्छाले विवाह नगरी बसेका एकल महिलाहरुलाई समाजले बूढीकन्याको संज्ञा दिँदै उपेक्षा गर्ने गरेको पाइन्छ । विवाह नगरी माइत बसेकी महिलालाई दाजुभाइ, भाउजू बुहारीले समेत त्यति सकारात्मक व्यवहार गरेको पाइदैन । कानुनी रुपमा छोरा सरहको हकाधिकार प्रदान गरेपनि त्यो अधिकार दिनु त परै जाओस, व्यवहार समेत राम्रो नगरेको पाइन्छ । त्यसै गरी कुनै पनि कारणले पतिको मृत्यू भएमा ती महिला प्रति परिवारकै सदस्यहरुले मानसिक, शारीरिक यातना दिइरहेको पाइन्छ । रोग, दुर्घटना वा विदेशमा कामको सिलसिलामा जाँदा मानसिक, शारीरिक, विविध कारणले मृत्यू भएपनि त्यही महिलाको कारण आपूmले छोरा गुमाउनु पुगेको भन्दै सासु ससुराहरु, नन्द आमाजूहरुबाट अभद्र व्यवहार गर्ने अझ बालबच्चा जायजन्म नभएको भए हिँडिदिए हुन्थ्यो भने जस्तो व्यवहार गर्ने गरेको पाइन्छ । उ आप्mनो पति गुमाएर जुन खालको दुःख, पीडा भोगिरहेकी हुन्छिन् । त्यो भन्दा बढी परिवारका सदस्यहरुको व्यवहारले पीडित भएकी हुन्छिन् । वास्तवमा पति बित्दा आफन्तहरु भन्दा पत्नीनै पीडा बढी हुन्छ । तर उनको पीडा बुझनु भन्दा झन पीडित बनाएर दुव्र्यवहार गरिरहेको हुन्छन् । अझ परपुरुपसँग बोल्न, नजिक हुन, सँगै कतै हिड्डुल गरेमा पनि अनेक लान्छना लगाएर उसैसँग जा’ भन्ने जस्तो व्यवहार समेत गर्ने गरेको पाइन्छ । त्यसै गरी पति बितेका एकल महिलालाई विधवा भनी कुनै पनि शुभकार्यमा सहभागी गराइँदैन । विवाह, व्रतबन्ध, पूजाआजामा समेत लुकेर बस्नुपर्ने भनौ हेर्न नै बन्देज लगाएको पाइन्छ । त्यसैको उदाहरणको स्वरुप राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनकपुरको जानकी मन्दिरमा दर्शन गर्नु हुँदा ‘विधवाले मन्दिर टेकेर अपवित्र तुल्याएको’ भन्दै गंगाजलले छर्केर पखाल्नु पर्ने भन्दै मधेसी मोर्चाका कार्यकर्ताले गरेको अपमानजनक व्यवहारलाई कुसंस्कारको रुपमा लिन सकिन्छ ।
त्यसै गरी लामो समयसम्म बेखबर भई पति बेपत्ता भएका महिलाले मानसिक रूपमा धेरै तनाव झेल्दै आएको देखिन्छ । यस्तो अवस्थामा विशेष गरी घर परिवार र आफन्तबाट झन पीडा व्यहोर्न बाध्य भएकी हुन्छिन् । पहिले पति बिछोडिनुको पीडा त छँदैछ त्यसमाथि परिवारले सान्तना, सहयोग, माया दिनुको बदला दुव्र्यवहार खप्नु पर्ने बाध्य पारिएको हुन्छ । त्यसै गरी बालबच्चा जायजन्म हुन नसकी परिवारको दवावमा पतिले दोस्रो विवाह गरी छुट्टिएर बस्न बाध्य भएकी महिलाहरुलाई पनि परिवार तथा पतिबाटै पनि बाँझी, अलछिना भन्ने जस्तो दुव्र्यवहार सहन बाध्य रहेको देखिन्छ । यसरी एकल महिला परिवार र समाजमा एक्लिन पुग्छिन् । न उनका श्रीमानको परिवारसँग सहयोग, सद्भाव रहन्छ, न त माइतीबाट नै । विवाह गरी गएकी छोरीलाई पराइ देख्ने हाम्रो समाजले फेरि उनलाई आफ्नो परिवारको सदस्यका रुपमा संलग्न गराउनै सक्दैन । एकपटक डोली चढेर गएकी छोरीको उक्त घरबाट लास निस्कनुपर्छ भन्ने मान्यता राख्ने हाम्रो रुढिवादी संस्कारमा एउटी छोरीले विविध कारणवश आफ्नो पतिलाई कानुनी रूपमा त्याग्नु परेको अवस्थामा समेत आफ्नो परिवारको सदस्यको रूपमा माइती पक्षले स्वीकार गर्न नसक्नु सारै लज्जाको विषय हो । पतिबाट कानुनी रुपमा सम्बन्ध विच्छेदका कारण कुनै नाता सम्बन्ध रहँदैन । पतिसँगको सम्बन्ध विच्छेद नभएका, तर वैचारिक वा अन्य विविध कारणवश छुट्टी भिन्न भएर बस्ने महिलाहरू कुनै पनि व्यवहारमा न स्वतन्त्र हुन सक्छन् न परिवारबाट सहयोग पाउँछन् । यसरी एकल महिलाको रुपमा समाज, परिवार, आफन्तहरुबाट नै दुव्र्यवहार र मानसिक रुपमा पीडित हुन बाध्य रहेको पाइएको छ ।
हाल आएर नेपाली समाजमा एकल महिला प्रति गर्ने व्यवहारमा केही मात्रामा भएपनि सुधार हुँदै आएको छ । सरकारी सेवामा रहेका पतिको मृत्यू भएमा निजको नाउँबाट पाउने निवृत्तभरण, बीमा तथा अन्य क्षतिपूर्ति रकम पाउनुका साथै पतिको नाउँमा रहेको सम्पत्ति माथि पनि पत्नीको अधिकार पाउने अवस्था, पतिबाट सम्बन्ध बिच्छेद हुनु पर्ने अवस्था आएमा पनि महिलाले अंश लिई अलग हुन पाउने कानुनी अधिकार, स्वइच्छामा पुनः विवाह गर्न पाउने अधिकार समेत प्राप्त गरेको छ । समाजबाट एकल महिला माथि हुने विभेद र दुव्र्यवहार कम हुँदै गएको छ । संस्कृतिको आडमा हुने अवहेलनाहरु घटेका छन् । परिवारले हेर्ने दृष्टिकोण सकारात्मक बन्दै गएको छ । जीवनभर मृत पतिको नाममा वा पतिव्रताको नाममा विधवाको उमपा भिरेर सेतो वा सादा पहिरन लगाएर बस्नुपर्ने अवस्था बदलिँदै गएको छ । ६० वर्ष उमेर पुगेका एकल महिलाका लागि मासिक भत्ताको ब्यवस्था समेत गरेको छ । यस विषयमा एकल महिलाहरुले उमेरका आधारमा विभेद गर्न नपाउने भन्दै सबै उमेरका एकल महिलाहरुलाई भत्ताको व्यवस्था हुनुपर्ने माग गरे बमोजिम पुनः सो निर्णयमा संसोधन गरी सबैलाई भत्ता दिने भनिएको छ तर कार्यान्वयन भएको पाइएको छैन ।
एकल महिला र उनीहरुमा आश्रित पारिवारका सदस्यहरुको जीवन रक्षाको लागि नेपाल सरकारले एउटा कोष स्थापना गरेको छ । उक्त कोषले एकल महिलाको क्षेत्रमा शिक्षा र सीपमूलक तालीम, स्वरोजगार कार्यक्रम, औषधि उपचार, उद्धार, राहत, पुनस्र्थापना, कानूनी सहायता गर्न, एकल महिला सम्मिलित सामुदायिक वा सहकारी संस्थाको कार्यमा सहयोग, एकल महिलाको सामाजिक मर्यादा अभिवृद्धिको लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न एवं एकल महिलाको हक, हित संरक्षण र सम्वद्र्धनको लागि कार्य गर्ने कार्य क्षेत्र तोकेको छ ।
समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको १०६ वर्ष पूरा भएको छ । सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिला कारखानाका मालिक विरूद्ध सडकमा उत्रेका थिए । सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।
एकल महिलाप्रति समाजमा विद्यमान कुरितिको अन्त, भेदभावपूर्ण व्यवहार, संस्कार, विचारलाई परिवर्तन गर्नु आजको आवश्यकता रहेको छ । भेदभावरहित समाजको परिकल्पनाका निम्ति हामी सबैले आ–आफ्नो क्षेत्रबाट आप्mनो ज्ञान शीप, क्षमता र योग्यता भ्याएसम्म कार्य गर्नु पर्दछ । धर्म–संस्कृति, आर्थिक, सामाजिक आदि पक्षमा एकल महिला माथि हुने भेदभावले पीडित बन्न पुगेका एकल महिलाहरुको पीडाबाट मुक्त दिलाउनु नै एकल महिलाप्रतिको सम्मान र समाजको कर्तव्य र उत्तरदायित्व रहन्छ ।
आखिर नारी दिवस मनाएर मात्र नारीको पहिचान र अधिकार प्राप्त हुन सक्दैन । ग्रामीण भेगका नारीमा पनि उनीहरुको हक अधिकारका लागि सचेत गराउने आजको आवश्यकता हो । संसारका नारी एक हौँ भनी गाउँदेखि सहरसम्म नारीको आवाज उठेपछि मात्र नारी दिवसको सार्थकता हुन्छ । जब नारीनारीबीच विभेद हट्दै जान्छ तब मात्र नारीको अस्तित्व सबैले स्वीकार्छन । त्यसैले भाषण र नारामा मात्र होइन नारी दिवसलाई व्यवहारमा उर्तान जरुरी छ ।