Aamsanchar

नेपालमा दुर्घटनापछिको स्वास्थ्य अवस्था काहाली लाग्दो

Author Image
बुधवार, फागुन २८, २०७६

काठमाडौ । हरेक वर्ष नेपालमा सडक दुर्घटनामा सर्वसाधारणले ज्यान गुमाएका छन् भने कैयौँ नेपाली अङ्गभङ्ग भई अपाङ्ग जीवन बिताउन बाध्य भएका छन् ।
बितेको एक दशकमा सडक दुर्घटनामा युद्ध अवधिमा भन्दा बढी मानिस मारिएका छन् । दश बर्ष चलेको सशस्त्र द्वन्दमा करिब १७ हजार मानिस मारिएको भनिन्छ । सडकमा हरेक बर्ष झण्डै दोब्बर मानिसहरु मारिएका छन् ।

विभिन्न समयमा हुने प्राकृतिक र सडक दुर्घटना जस्ता दुर्घटना कम गर्न सकिन्छ । तर, चासो नदिइएका प्रकोपहरू हाम्रा दैनिकीजस्तै भएका छन् । दिनहुँजसो सडक दुर्घटनाबाट धनजनको क्षति भैरहँदा पनि सम्बन्धित निकायहरू खासै गम्भीर भएको र निराकरणमा लागेको अनुभूति हुन सकेको छैन ।

लाग्छ, यी घातक घटनाहरू निम्तिने वातावरण तयार गर्न सरकारी र निजी क्षेत्र सबै नै लागि परेका छन् । सडकहरू समयमा बन्दैनन्, गुणस्तर छैनन् । केही स्वार्थ नभए त अनुशासन कायम गर्न, बाटो पार गर्ने जेब्रा क्रसिङ्ग र पैदल हिँड्ने पेटी सुरक्षित र निश्चित गर्न कुनै बाधा नहुनुपर्ने हो ।

सार्वजनिक सवारीहरूमा सिण्डिकेट भएकाले गाडीहरूको स्तरोन्नतिमा प्रतिस्पर्धा हुन सकेको छैन । चालकहरूलाई गाडी चलाउने सीपका साथै सुरक्षा र सडक अनुशासनसम्बन्धी आधारभूत तालिम लिनुपर्ने व्यवस्था गर्न र नियमहरूको कार्यान्वनमा कडाइ गर्न आवश्यक छ । अन्यथा, ट्राफिकका भरमा सडक सुरक्षा थेगिन मुस्किल छ ।

सडक दुर्घटना र क्षति

नेपाल प्रहरीले व्यवस्थित गरी राखेको तथ्याङ्क अनुसार वि।सं। २०७० श्रावणदेखि २०७६ फागुनसम्म ६ बर्ष ८ महिनामा ८२ हजार ३०५ वटा सवारी दुर्घटना भएका छन् । त्यस्तै, गत असार अन्तिमसम्मका ६ बर्षका घटनाको औसत अनुसार प्रति बर्ष १० हजार ५५६ घटना भन्दा बढी हुन्छ । अर्थात् हरेक दिन ३० दुर्घटना ।

गत पाँच बर्ष र आठ महिनामा भएका यी घटनामा कम्तिमा ९२ हजार ३३७ मानिस परेका थिए, जसमध्ये १५ हजार ८९५ ले ज्यान गुमाए । त्यस्तै ३२ हजार ६४५ गम्भीर घाइते भए, बाँकि ६७४२२ सामान्य घाइते भए ९तालिका १० । यिनबाट करिव सत्तरी हजार भन्दा बढी परिवारहरू सिधै प्रभावित भए । वालवालिकाहरू पनि सडक दुर्घटनाको उच्च जोखिममा रहेका छन् । सडक दुर्घटनामा मृत्यु हुनेमा ११ प्रतिशत वालवालिका रहेका छन् ।

यी तथ्याङ्क अनुसार सडकमा हरेक दिन ४० जना मानिस दुर्घटनामा पर्छन् । औसतमा हरेक हप्तामा ५ जना मारिन्छन् र करिब २७ जना घाइते हुन्छन् । अवस्था कहालीलाग्दो छ । तैपनि यही क्रम निर्वाध चलिरहेको छ । रोक्नका लागि गरिएका प्रयासहरू अपुरा छन् ।

यस अवधिका दुर्घटना र सम्बन्धित तथ्याङ्कको बार्षिक संश्लेषण तालिका १ मा प्रस्तुत गरिएको छ । सडक र सडकका कारण सिर्जित पहिरो तथा अन्य दुर्घटना वा प्रकोपहरू यसमा समावेश छैनन् । यी तथ्याङ्कले आवगमनमा भएका अवरोध र अन्य आर्थिक हानी नोक्सानीको मिहीन आँकलन गर्न सकेका छैनन् । त्यो अझ गहन अध्ययनको बिषय हुन सक्छ ।

विपद् जोखिमलाई ध्यान नदिएका विकासले अपेक्षित प्रतिफल दिँदैनन् । यसमा हाम्रा सडकहरू निर्माण र सञ्चालनमा जोखिम न्यूनीकरण पक्षमा यथेष्ठ ध्यान दिइएको छैन भन्ने प्रष्ट देखिन्छ ।

घटनाक्रमले सवारी साधन सञ्चालनमा उचित नियमन र नियन्त्रण भएन वा सडक सञ्चालनमा उचित ध्यान दिइएन भने यस्ता घटनाहरू बढ्दै जानेछन् । दुर्घटनाको संख्या र क्षति हरेक बर्ष नयाँ उचाइमा छ । यस बर्षका आठ महिनाको आधारमा बार्षिक प्रक्षेपण गर्दा दुर्घटना संख्या १३ हजार नाघ्ने देखिन्छ ।

महिना वा सिजन अनुसार यी घटनाहरूको प्रकृतिमा खासै भिन्नता देखिँदैन । अन्य केही बर्षमा असोज र कात्तिकमा घटनाहरू वा हानी नोक्सानी बढी भएको देखिन्छ जुन चाडवाडका समयमा बढी संख्यामा ओहोरदोहोर हुनेसँग सम्बन्धित छ । तथापि, समग्रमा खासै उतार छैन, निरन्तर बढ्दो छ ।

चालकको लापरबाही
नेपालमा सडक दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही देखिएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले बताउनुभयो । गएका पाँच वर्षको अवधिमा ४६ हजार ७ सय सवारी दुर्घटना भएकोमा ३४ हजार ५ सय दुर्घटना चालकको लापरवाहीका कारण भएको देखिन्छ । योे अवधिमा चालकको लापरवाहीबाट ७१ प्रतिशत दुर्घटना भएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

सवारीसाधनको दुर्घटनाको दोस्रो कारकको रुपमा तीव्र गति देखिएको छ । पाँच वर्षको अवधिमा भएको दुर्घटनामा झण्डै १३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको तथ्यांकमा उल्लेख छ । यस्तै, यात्रुको गल्ती ३ प्रतिशत, ओभरटेक २ प्रतिशत, यान्त्रिक गडबडी ३ प्रतिशत, मदिरापान सेवन गरेर सवारी चलाउँदा ३ प्रतिशत र अन्य कारण २ प्रतिशत रहको छ ।

नेपालको भौगोलिक अवस्था, कमजोर सडक निति, चालकको लापरबाही नै सडक दुर्घटनाको मुख्य कारण रहेको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

खोई कारबाही ?
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात विभागलाई सवारी धनीलाई ब्लु बुक दिने, सवारी दर्ता खारेज गर्न सक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्न सक्ने अधिकार छ । तर विभागले पनि भने जसरी काम गर्न सकेको छैन ।

चालकहरुले पनि सरकारले तयार पारेको मापदण्ड मान्दैनन् । ट्राफिक प्रहरी भने चालकलाई चेतना जगाउने काममा व्यस्त छ । प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री चालक र यात्रु दुइटै नियमभित्र नबस्दा दुर्घटना हुने गरेको बताउनुहुन्छ ।

चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरी चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुन्छ । त्यस्तै सडकहरु सुधार्ने, यात्रु तथा पैदल यात्रिहरु सचेत हुने हो भने दुर्घटना न्यूनिकरण हुने बताउनुहुन्छ क्षेत्री ।

अहिले पनि वार्षिक रुपमा झण्डै १६ लाख सवारी साधन र चालक विभिन्न कारवाहीमा पर्ने गरेका छन् । मादक पदार्थ सेवन, ट्राफिक नियम उल्लंघन, तीव्र गतिलगायतमा ट्राफिक प्रहरीले कारवाही गरिरहेको छ । तर कारबाहीको स्वरुप खुकुलो हुँदा दुर्घटनाको दर नघटेको बताउँदै प्रवक्ता क्षेत्रीले अब कारबाही वापतको जरीवाना बढाउनुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।

दुर्घटनालाई न्युनिकरण गर्न प्रहरी प्रशासनले पर्वलाई मध्य नजर राख्दै यात्रुहरुलाई कुनै समस्या हुन नदिने गरी यातायात संञ्चालन गर्ने समेतको व्यवस्था गर्दै आएको छ । तरपनि सो समयमा यात्रुको चाप बढि हुंदा सवारी साधनहरुको क्षमता भन्दा बडी यात्रुहरु राख्दा समस्या आउने गरेको धेरै उदाहरणहरु रहेको छ । सवारी साधनको क्षमताको बिषयमा मात्र नभई यात्रुहरुले सहज ढंगबाट यात्रा गर्न नपाएको बिषयमा ध्यान केन्द्रित हुन नसक्दा दुर्घटनामा परि धेरैले ज्यान गुमाउनु प¥यो । विगतका यस्तै धेरै उदाहरणहरुलाई मध्यनजर राख्दै दुर्घटना न्युनिकरसणको बिषयमा सम्बन्धित निकायले पुर्णरुपमा चासोदिन जरुरी रहन्छ।

न्यूनिकरण गर्न के गर्नु पर्छ ?
सडक दुर्घटना हुने प्रमुख कारणमा सडक, सवारीसाधन र चालकको अवस्था मुख्य हुन् । अन्य कारणमा बाटो काट्ने बटुवा, जनावर र यात्रुपनि पर्छन् । त्यसैकारण दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर पुग्दैन ।

सरकार, निजी क्षेत्र तथा आम नागरिकको साथ र सहयोग उत्तिकै आवश्यक पर्ने नेपाल प्रहरीका प्रवक्ता क्षेत्रीको भनाई छ । यी तीन पक्षको अवस्था खराब रहेकैले दुर्घटना कम होइन बढीरहेका छन् ।

१० सडकको अवस्था स् विकसित देशका सडक गुणस्तरीय छन् । जापान, चीन, अमेरिकालगायत देशले सडक निर्माणमा ठूलो लगानी गरेका छन् र त्यहाँका सडक उच्चस्तरीय छन् । सडक देश विकासको प्रमुख शर्त हो । विकास र समृद्धिका कुरा गर्ने सरकारले अब सडक सुधार र विस्तारमा ध्यान दिनु जरुरी छ ।

देश विकासको मेरुदण्ड सडक नै हो । सडक सुधार हुन सक्यो भने दुर्घटना पनि कम हुँदै जाने यो क्षेत्रका जानकारको भनाई छ । अहिलेसम्म बनेका सम्पूर्ण सडकको वर्गीकरण गरी नयाँ ढँगले सडक निर्माण र स्तरोन्नति गर्नु जरुरी छ ।

२० सवारीसाधनको अवस्था स् दुर्घटनाका लागि पुराना तथा थोत्रा गाडी पनि मुख्य जिम्मेवार रहेको तथ्यांकले देखाउँछ । सवारीसाधनको सर्भिसिङ नगर्ने, धेरै लोड बोक्ने लगायत कारणले सवारी साधनको अवस्था बिग्रिने गरेको पाइन्छ ।

अझ ग्रामीण भेगमा चल्ने सवारीसाधनको अवस्था झनै खराब छ । एकातिर बाटो अप्ठ्यारो र गुणस्तरहीन छ अर्कातिर भार धेरै बोक्नुपर्छ त्यसैमाथि गाडी पुराना छन्, दुर्घटना बढ्न यी कारणको भूमिका धेरै रहन्छ ।
सवारीसाधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले गर्दा दुर्घटना भएका उदाहरण पनि छन् । समय–समयमा अनिवार्य जाँच तथा परीक्षण गर्ने र निश्चित अवधि तोकेर मापडण्ड नपुगेका सवारीसाधनलाई हटाउने व्यवस्था मिलाउन सकियो भने दुर्घटना कम गर्न सकिन्छ ।

३० चालकको अवस्था स् नेपालमा धेरै ठाउँबाट रात्रिकालीन बस चल्छन् । लामो दुरीका धेरै गाडीपनि एकजना मात्र चालकको भरमा रातभर गुडिराखेका हुन्छन् । जसले दुर्घटनाको दर उच्च बनाउँछ । एक जनाले मात्रै १२र१३ घण्टासम्म लगातार चलाउनुपर्दा धेरै जसो दुर्घटना हुने गरेको पाइएको प्रहरी प्रवक्ता क्षेत्री बताउनुहुन्छ ।

सम्बन्धित निकाय सडकको सुरक्षामा संवेदनशिल हुन सकेको छैन । सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, जाँडरक्सी खाने, तिव्र गतिमा चलाउने, ओभरटेक गर्ने आदि कारणले चालकको ध्यान सवारीसाधनमा नभई अन्यत्र मोडिने हुँदा सडक दुर्घटना बढ्ने गर्छ । त्यस्तै क्षमताभन्दा बढी भार बोक्नुले पनि जोखिम बढाइरहेको छ ।

सडकको अवस्था सुधार गर्न केही समय लागे पनि सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सके पनि सडक दुर्घटना उल्लेख्य सुधार हुन सक्छ ।

सवारी साधनका संख्या र प्रकृति अनुरुपका दुर्घटना

जम्मा ९३७८१ सवारी साधनहरू दुर्घटनामा परेकोमा सबैभन्दा बढी मोटरसाइकल (स्कुटर समेत) छन् । करिब ३८ प्रतिशत ९३५ हजार ४५२० दुर्घटनामा मोटरसाइकलहरू संलग्न छन् । यसपछि जीप, कार छन् ९२६ हजार ४२३० ।

दुर्घटनामा परेका सवारी साधन मध्ये आधाभन्दा बढी ९४८ हजार १०७० मा क्षति भएको छ । विगत केही समयदेखि ट्रिपर र माइक्रो बसहरूले दुर्घटना बजार तताएका छन् । गएका आठ महिनामा ट्रिपरले ३६५ र माइक्रो बसले ३८३ दुर्घटना गरेका छन् । अर्थात् दैनिक १–२ घटना । दुर्घटनामा ट्रक र बसको संख्या हाराहारीमा क्रमशः ११ हजार २०९ र ११ हजार ३१४० छ । यसले हाम्रो यातायात व्यवस्थाको अवस्था इंगित गर्दछ ।

प्रदेशगत अवस्था

यस आर्थिक वर्षको ८ महिनाको विवरण अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी दुर्घटना भएको छ भने प्रदेश ५ मा बढी मानिसको ज्यान गएको छ ९तालिका ३० । तर गत असार मसान्त सम्मको बिगत ५ बर्ष अवधिको तथ्याङ्क विश्लेषणले तत्कालीन मध्यमाञ्चल ९काठमाडौ उपत्यका बाहेक० मै बढी घटना र क्षति भएको देखिन्छ । धेरै दुर्घटनाहरू सडक र यसमा चल्ने सवारी साधनको घनत्वसँग सम्बन्धित रहेको देखिन्छ ।

दुर्घटनाका कारण

अध्ययन अवधिका ९३ प्रतिशत घटनाहरूमा सवारी चालकको अनुशासन र दक्षतासम्बन्धी कारणहरू पाइन्छन् । चालकका लापर्बाहीमा सवारी हाँक्दा हेलचक्र्याइँ, जथाभावी ओभरटेक गर्ने, अति तिब्र गतिमा हाँक्ने, मादक पदार्थ सेवन गरेर र गाडी ओभरलोड गरी चलाउने व्यवहारहरू मुख्य छन् ।

यात्रु तथा पैदलयात्रीका कारण १ हजार ४१७ र सडकमा छाडिएका चौपायाका कारण १७३ वटा दुर्घटना भएका देखिन्छन् । ४८१ वटा दुर्घटना त सडक भासिएर र सडकमा खाल्डा परेर भएका छन् ।

यी सबै कारणहरू बिभिन्न उपायहरूबाट निराकरण गर्न सकिने खालका छन् । दुर्घटनाका कारणहरूमा फरक मत हुन सक्छन् । तथापि, सवारी साधन, चालक र सडकको व्यवस्थापन राम्रो नभएकै कारणले दुर्घटना बढिरहेका छन् भन्नेमा दुईमत नहोला ।

सडकका समस्या बहुआयामिक र चौतर्फि छन् । केही परे समितिले गर्छ भन्ने मनोबृत्ती र फितलो सडक अनुशासनले लापर्बाही गर्नेहरूलाई दुरुत्साहन भएको छ । सडक निर्माण गर्ने र यातायात व्यवस्था गर्ने निकायहरू जवाफदेही नहुञ्जेल सडक दुर्घटना बढ्ने नै सम्भावना छ ।

सार्वजनिक यातायातका अलावा विद्यालयका बसहरूमा पनि चालक, परिचारकको दक्षता र अनुशासन महवपूर्ण छ । घटनाका तथ्य र जानकारीहरूले यातायात नियमन, सडक तथा यातायात व्यवस्थाका साथै सवारी सञ्चालकहरूको हालको जवाफदेहितामा गहन पुनरावलोकन गरी कानुनी तथा व्यवहारिक पक्षहरूम व्यापक सुधार हुनुपर्ने देखिन्छ ।

प्रकोप नै दैनिकी

बि.सं. ०७२ सालमा भएका भूकम्पमा ८ हजार ७९० मान्छे मारिए र २२ हजार ३०० घाइते भए । यो ०४५ सालको भूकम्पपछि २७ बर्षमा आएको थियो भने विसं। १९९० साल पछिको ८२ बर्षमा । भूकम्पपछि प्रभावित संरचनाहरूको पुनर्निर्माण र जोखिम कम गर्न भवन संहिताको कार्यान्वयन गर्न चालिएका कदमहरू सह्रानीय छन् ।

तर सडक दुर्घटना पनि त कम विकराल अवस्था छैन, भूकम्पको ४ बर्ष नपुग्दै ४२ हजार भन्दा बढी संख्यामा भएका सडक दुर्घटनामा त्यो घटनामा भन्दा धेरै (९ हजार २३७ जना) ले ज्यान गुमाए र दोब्बर भन्दा पनि धेरै (४९ हजार ८५१ जना) घाइते भए ।

धनसम्पत्तिको क्षति त छँदैछ, दैनिकीजस्तै भएका सडक दुर्घटना कम गर्न भने सरकारी तवरबाट खासगरी यातायात व्यवस्था सम्बन्धित निकायहरूबाट यथेष्ठ चासो दिएको पाइँदैन । सडक सुरक्षा ट्राफिकको भरोसामा मात्र छोडिएको छ ।

खोला तर्न सहज, बाटो तर्न कठिन

घनघस्याको उकालो तर्दा भन्ने यात्रा संस्मरणमा तारानाथ शर्माले ‘बाटामी गाड पडन्च’ भन्ने जनबोली राख्नुभएको थियो । बाटोमा खोला पर्छ र खोला तर्न जोखिम छ, ख्याल गर्नु भन्ने सूचना थियो । अहिले सडकहरू, पुलहरू बनेर धेरै ठाउँमा आवगमन सहज भएको छ । मोटरबाटो नपुगेका पहाडका खोलाहरूमा पनि ठाउँठाउँमा झोलुङ्गे पुल बनेका छन्, पुलबाट हिँडेरै खोला तर्न सकिन्छ ।

तर, अहिले बाटो तर्न नै मुस्किल छ । सडक पार गर्न बढी जोखिम छ । विकास निर्माण र सेवा सञ्चालनमा सुरक्षा र जोखिम निराकरण गर्नु अति महत्वपूर्ण हुन्छ भन्ने सत्यलाई आत्मसाथ गर्ने अधिकारीहरूको अभावले जोखिम झन्झन् बढिरहेका छन् । बासबाट निस्केपछि सुरक्षित फर्कन सकिन्छ कि सकिन्न भन्न कठिन छ अचेल । किनभने गन्तव्य पुग्न बाटो काट्नुपर्छ, सडकपेटीबाट हिँड्नुपर्छ, सवारी साधनमा चढ्नु र ओर्लनु पर्छ । यी सबै ठाउँमा जोखिम छ ।

घटनाहरूले यस्तै देखाउँछन् । सडक दुर्घटनाहरूमा सवारी दुर्घटना नै प्रमुख हो । सवारी दुर्घटनालाई सडक दुर्घटनाको पर्यायवाची रुपमा पनि प्रयोग गरेको पाइन्छ ।

सरकारले दीर्घकालीन सोचअनुरुप पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक र रेल यातायातको थालनी गरेको छ । हामी हाम्रै देशमा आफ्नै देशको रेल चढ्ने दिन फर्किरहेका छौं । अघिल्लो हप्ता सरकारले रेल किन्ने पक्का गरेपछि मैले जनकपुरधामबाट रेल चढेर इनर्वा जाने योजना बनाएको छु । आफ्नै देशमा छकछके रेल १ तर, सडकको कहालीलाग्दो अवस्थाले तुरुन्तै मन सुकाइदिन्छ ।

१, यदि तपाईं ट्राफिक दुर्घटनामा संलग्न हुनुहुन्छ ।।।

>यदि तपाईं दुर्घटनाको शिकार हुनुहुन्छ भने
>तुरुन्तै दुर्घटनालाई पुलिसमा रिपोर्ट गर्नुहोस् (११० डायल गर्नुहोस्)
>यदि तपाईंलाई आफूमाथि हल्का चोटपटक लागेको छ भने पनि डाक्टरले जाँच्नुहोस्
>उनीहरूको चालक इजाजतपत्र वा समान साधनहरू हेरेर अन्य पार्टीको पहिचान प्रमाणित गर्नुहोस्।
>ठेगाना, नाम, बीमा प्रविष्टि मिति, र अर्को पक्षको बीमा कम्पनी र वाहनको मालिक प्रमाणित गर्नुहोस् ।
>सुरक्षित साक्षी र दुर्घटना को प्रमाण साक्षीका लागि सम्पर्क जानकारी प्राप्त गर्नुहोस्। साक्षीका लागि सम्पर्क जानकारी प्राप्त गर्नुहोस्।

>यदि तपाईं दुर्घटनाको कारण हुनुहुन्छ भने
( सहायता र उपचार र पीडितको लागि एम्बुलेन्सको लागि प्रबन्ध गर्नुहोस् (डायल ११९)
( पुलिसलाई सूचित गर्नुहोस् (११० डायल गर्नुहोस्)
( थप खतरा रोक्नको लागि आवश्यक उपायहरू लिनुहोस् संकेतहरु राख्नुहोस् र अन्य सवारी साधनहरूलाई मार्गनिर्देशन गर्नुहोस् तपाईंको दुर्घटनाको परिणामको रूपमा अर्को दुर्घटनाहरू उत्पन्न हुँदैन भनेर सुनिश्चित गर्न।
( च तपाईंको बीमा कम्पनीलाई सम्पर्क गर्नुहोस् (स्वैच्छिक बीमा)

२, दुर्घटनाका प्रकारहरू

यो पीडितलाई व्यक्तिगत चोटपटक लागेको रिपोर्ट छ वा छैन भन्नेद्वारा निर्धारण गरिन्छ।कुनै पनि चोटपटकको रिपोर्ट गर्नु महत्वपूर्ण छ, जतिसुकै सानो किन नहोस्, पनी पछिल्ला समस्याहरूबाट बच्न ।

(दुर्घटना केवल दुर्घटना कार वा अन्य वस्तुहरू भाँचिएका छन्, वा सम्पत्ति बिग्रेको छ। दुर्घटनाको लागि जिम्मेवार व्यक्तिको सुधार गर्ने नागरिक जिम्मेवारी छ र प्रशासनिक स्वभावको अधीनमा छ।

(दुर्घटनामा चोटपटक वा मृत्युको परिणामस्वरूप कोही घाइते भएका छन्, वा व्यक्तिलाई अन्यथा क्षति भएको छ।
दुर्घटनाको लागि जिम्मेवार व्यक्ति फौजदारी सजाय ९चोटपटक वा सवारी साधनको लापरवाहीको परिणामस्वरूप मृत्यु, इत्यादि० मा अपहेलना गर्ने नागरिक दायित्व बाहेक प्रशासनिक स्वभावको अधीनमा हुनेछ।

३, क्षतिको लागि दावी

बीमा कम्पनीहरूलाई क्षतिको लागि दावी रेटिंग दोषको आधारमा कम हुन सक्दछ ९दुर्घटनाको लागि दोष को प्रतिशत जसले दुर्घटनाको कारण हुने व्यक्ति र पीडितलाई जिम्मेवार गर्छ०
। क्षतिको लागि दावीहरूका प्रमुख उदाहरणहरू समावेश छन्(

>चिकित्सा खर्च,

>कामबाट छुट्टीको लागि क्षतिपूर्ति ९क्षतिपूर्ति जसले क्षतिपूर्ति प्रदान गर्दछ जब चिकित्सा उपचारको लागि काम हराएको खण्डमा०,

>सान्त्वना पैसा,

>अन्य, सवारी साधनहरूको लागि मर्मत लागत बाहेक त्यहाँ कहिले काँही छन् जहाँ क्षतिको लागि दावीहरू प्रभाव पछिको लागि गरिन्छ।

अन्य, सवारी साधनहरूको मर्मत लागत बाहेक त्यहाँ कहिले काँही दाबीहरू हुन्छन् जहाँ क्षतिहरू प्रभाव पछि गरिन्छन्।

४, बीमा

कुनै पनि एक मोटर वाहन चलाउन अनिवार्य मोटर वाहन दायित्व बीमा मा दर्ता हुनु पर्छ। जो कोही दर्ता छैन ऊ आपराधिक सजाय र प्रशासनिक स्वभावको अधीनमा हुनेछ।
ड्राइभरहरूले अनिवार्य मोटर वाहन दायित्व बीमा (अनिवार्य बीमा) मा भर्ना हुनुपर्दछ।
भुक्तानी गर्न क्षतिहरूको रकम ३०,०००००० येन वा कम मृत्युको लागि र १,२००,००० वा चोटपटकको लागि कम हो, त्यसैले क्षतिपूर्ति प्रायः उपचार खर्चहरू भन्दा बढी हुन्छ। यस कारणले गर्दा दुबै कामदारहरूको क्षतिपूर्ति बीमा र राष्ट्रिय स्वास्थ्य बीमा साथै अनिवार्य मोटर वाहन दायित्व बीमामा भर्ना गर्ने बारे विचार गर्न महत्त्वपूर्ण छ।
सम्पत्तीमा हुने क्षतिको लागि यसले भुक्तान गर्दैन।

स्वैच्छिक बीमा एक बीमा हो जो अनिवार्य अटोमोबाइल दायित्व बीमा कभर नगर्ने अंशहरूको पूरक हो। अनिवार्य अटोमोबाइल देयता बीमा न्यूनतम क्षतिपूर्ति उपलब्ध छ, त्यसैले सबै ड्राइभरहरूले भर्ना गर्नुपर्छ।
>व्यक्ति जो निम्नलिखित लागू हुन्छ उचित पार्टीहरु मा सम्पर्क गर्नु पर्छ।
>कम्पनीमा काम गर्ने व्यक्तिहरू ९सामाजिक बीमामा भर्ना भएकाहरू० र कामको क्रममा दुर्घटनामा संलग्न हुन्छन् वा काममा आउँदा उनीहरूको कम्पनीमा सम्पर्क राख्नुपर्दछ र उनीहरूलाई काम सम्बन्धी दुर्घटनाको लागि आवेदन दिनुपर्दछ ९कामदारहरूको क्षतिपूर्ति बीमा०

५, यातायात दुर्घटना प्रमाणपत्र

यो कागजात हो जसले घटनाको मिति र समय, स्थान, संलग्न पार्टीहरूको नाम र दुर्घटनाको बारेमा प्रहरीमा रिपोर्ट गरिएको रेकर्ड गर्दछ। यो जापान सुरक्षित ड्राइभिंग सेन्टर द्वारा जारी गरिएको छ दुर्घटनाको बारेमा स्पष्ट विवरण प्रदान गर्न जुन दुर्घटनामा संलग्न पक्षहरू आवश्यक छन्। ९केहि प्रकारको दोष उल्लेख गरने छैन।०

> आवेदन फारामहरू पुलिस स्टेशनहरू, पुलिस बक्सहरू, पुलिस सबस्टेशनहरू र ह्योगो प्रान्त जापान सेफ ड्राइभिंग सेन्टर अफिसमा उपलब्ध छन्।

> प्रक्रियाहरू नजिकैको हुलाक कार्यालयहरूमा हुलाकी हस्तान्तरणको माध्यमबाट सिधै ह्योगो प्रान्त जापान सुरक्षित ड्राइभिंग सेन्टर कार्यालयमा वा इन्टरनेट मार्फत गर्न सकिन्छ।

> प्रमाणपत्र हुलाक मेल मार्फत पठाइनेछ।

>कुनै पनि संख्याको प्रतिलिपिहरू ५४० येनमा प्रत्येक प्रतिलिपिको लागि शुल्कको साथ एकल अनुप्रयोग मार्फत अनुरोध गर्न सकिन्छ

सरकारले सडक विस्तार कार्यक्रमलाई सजिलो र भरपर्दो बनाउने अभिप्रायका साथ १ दशकदेखि कृषिसडक र ग्रामीण सडक निर्माण कार्यलाई पनि प्राथमिकतामा राखेको छ । यस अनुरूप स्थानीय स्तरमा जनतालाई सडक हस्तान्तरण गराई उनीहरूकै रेखदेखमा मर्मत गराउने गरि कार्यक्रमहरू पनि अगाडि सारेको छ । वर्षेनी यस्ता सडकलाई वजेट पनि विनियोजन गर्दै आएको छ । थुप्रै सडकहरू यस कार्यक्रम अन्र्तगत अहिले पनि निर्माणाधीन छन् । यसै कार्यक्रमका कारण जिल्ला सदरमुकामसम्म गाउँहरूको सम्पर्क पनि जोडिएका छन् । यो एकदमै सकारात्मक र सह्राहनीय कार्य हो । तर यस्ता सडक निर्माण गर्दा हुने गरेका अनियमिताले गर्दा सीमित व्यक्तिहरूले मात्र यसको फाइदा लिएको र निर्माण हुनु पर्ने ठाउँमा काम राम्रो नहुँदा जनमानसमा सरकारी कार्यक्रमहरूले राम्रो छाप छोड्न नसकेको त छँदै छ सरकारले सडकमा गरेको अर्बौंको लगानी पनि बालुवामा पानी जस्तै भएको छ । जसको परिणामस्वरूप अहिले यस्ता दुर्घटनाहरू बढ्ने गरेका छन् ।

देश निर्माणको मेरुदण्डको रूपमा रहेको सडक यातायातलाई समय अनुकूल र आवश्यकता अनुरूप निर्माण गराउँदै जाने हो भने यसले देश विकासको गतिलाई अग्रसरता दिलाउने छ । जनताले पनि विकासको अनुभूति गर्न पाउनेछन् । सडक निर्माणको नाउँमा ठेकेदारहरूले काम गराएको जस्तो आँखामा छारो हाल्ने काम गर्ने र बजेटजति खल्तीमा भर्ने गराउने वर्तमान अवस्थाले सडक क्षेत्रमा सोचेअनुरूप काम हुन सकेको छैन । सरकारी प्रयास र सडकका लागि आउने गरेको वैदेशिक सहयोगको पनि सदुपयोग हुन नसकेको यथार्थको प्रत्यक्षदर्शी जनता स्वयं छन् । यसतिर सरकार र जिम्मा लिएको सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउन जरुरी छ । अन्यथा सडक निर्माणमा अनियमितता बढ्दै जाने, सडकहरू बिग्रने, सवारी दुर्घटनाहरू बढ्ने क्रमले निरन्तरता पाउने र यसकै कारण थुप्रै जनधनको क्षति हुने निश्चित छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१
हाँस्न भुल्दै गएको पुस्ता
बिहिवार, असोज २४, २०८१