Aamsanchar

कालापानी क्षेत्रका विदेशी सेना हटाउने प्रस्थाव

Author Image
शुक्रवार, फागुन ३०, २०७६

नेपाली भूमि कालापानी क्षेत्र (लिम्पियाधुरा र लिपुलेक) मा रहेका विदेशी सेना हटाउनेसम्बन्धी संकल्प प्रस्ताव पेस गर्ने कार्यसूची प्रतिनिधिसभाले हटाएकोमा नेकपाका सांसदले आपत्ति जनाएका छन् ।

संघीय संसद् सचिवालयले बिहीबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रतिनिधिसभा बैठकमा दर्ता गरेको प्रस्ताव पेस हुने अवस्थामा थियो ।

तर, अन्तिम समयमा आएर सचिवालयले सो कार्यसूचीमा संसोधन गर्दै त्यो विषयलाई नै हटाइएको थियो । संकल्प प्रस्तावलाई कार्यसूचीबाट हटाइएको यो दोस्रोपटक हो । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 400

प्रतिक्रिया (०)