Aamsanchar

परदेशमा मृत्यु वरण मान्य छ तर मेरो कारणले देशलाई अफ्ट्यारो नपरोस

Author Image
बुधवार, चैत २६, २०७६

कोरोना भाइरस (कोभिड-१९) को महामारिले विश्व अक्रान्त छ । संक्रमितको संख्या दिन दुईगुना रात चौगुनाको दरले बढिरहेको छ भने मृत्यु हुनेको संख्या पनि सोही अनुपातमा बढिरहेको छ । लाग्छ तेश्रो विश्व युद्ध हुन्छ भने यो नै हो । कोरोनाको संक्रमणबाट मध्यपुर्वको मुलुक युनाईटेड अरव इमिरेट्स (युएई) पनि अछुतो छैन । यहाँ पनि दिनानुदिन संक्रमित हुने र मृत्यु हुनेको संख्या बढिरहेको छ । यसले वैदेशिक रोजगारिमा आएका नेपालिहरुलाई चिन्त्तित बनाएको छ । भोलि के होला भन्ने कुराले अन्योलता थपिदिएको छ । अझ पछिल्लो पटक थपिएका संक्रमितको संख्यामा नेपाली समेत थपिनु र यसै बिच एक नेपाली महिलाको मृत्युको समाचारले एक प्रकारको चिन्ताको पारो बढाएको छ ।

कोरोनाको संक्रमणबाट आफुलाई बचाउन सावधानी त अपनाउनै पर्छ तर त्यति भयभीत हुन आवश्यकता छैन जति हामी भएका छौँ । आत्मबल बलियो भए भाइरसलाई पराजित गर्नु ठुलोकुरा होईन । यदि तपाईं सँग आत्मबल बलियो भए आधा रोगलाई त्यसै पराजित गर्न सक्नुहुन्छ । यदि हामी हल्लाकै पछि लागिरहने हो भने भाईरसले भन्दा पहिला हल्लैले सामान्य बिरामीको समेत ज्यान जान सक्छ । त्यसैले अहिले हामीलाई सहि परामर्श र बलियो आत्मबल चाहिन्छ ।

पछिल्लो समय सरकारले जसरी चिनबाट विमान चार्टर्ड गरेर नेपाली नागरिकहरुको उद्दार ग(यो । त्यसैगरी अन्य मुलुकमा रगेका आफ्ना नागरिक प्रती सरकार गम्भीर भएन । उदासिनता देखायो भन्ने सामाजिक संजालहरुमा यत्रतत्र देखिन्छ त्यस्ता भावनाहरुलाई गलत भन्न नसकिएला तर के त्यो सम्भव होला त ?  त्यस तर्फ हामी कसैले सोचेका छौ ? पचास लाख भन्दा बढी नेपाली विदेशमा रहेका छन तिनिहरुलाई उद्दार गर्न कति समय लाग्ला रु उद्दारकालागी लाग्ने खर्च यो महामारिको सयमा देशले धान्ला रु सबै भन्दा उत्तम त्यो उद्दार भन्दा त्यो खर्च देशमा भएका नागरिकको स्वास्थ्य उपचारमा खर्चनु राम्रो होईन र ? सधै भावनामा बहनु राम्रो पक्कै होईन यथार्थमा आएर सोचौ ।

सामाजिक संजाल हेर्ने हो भने यत्रतत्र सरकारले यो गरेन त्यो गरेन भन्ने विरोध मात्र देख्न सकिन्छ । देश संकटमा परेको बेला तपाई हाम्रो सामाजिक उत्तरदायित्व के हो रु त्यसलाई चटक्कै विर्सन सकिन्छ ? अहिले केहिलाई बिरोध गर्ने मनोरोगले ग्रस्त बनाएको छ । जसको कामै विरोध र भ्रम फैलाउनु बाहेक अरु कुनै काम छैन ।
हामिले बुज्नु पर्ने कुरा के हो भने यो समय गाली गरेर बिताउने समय होइन । हातेमालोको समय हो । देशलाई काध दिने समय हो । अहिलेको संकटको समयमा हामी सबैको कर्तब्य पनि हो ।

अहिलेको यो संकटको भुमरिबाट देशले मुक्ती पाएको खण्डमा धित मरुन्जेल बहस गरौला । जिन्दावाद र मुर्दाबादको नारा लगाउला । गाली गर्दै कालो र सेतो झण्डा पनि देखाउला । तर मुख्य कुरा अहिले कसरि बच्ने र अरुलाई बचाउने भन्ने कुरा चिन्ताको विषय हो । यो समय भनेको राजनैतिक दाउपेच भन्दा माथी उठेर आम नागरिक, सरकार र प्रतिपक्ष मिलेर एकजुट हुने समय हो।

सरकारले कोरोना भाइरसको संक्रमण एक अर्कामा नसरोस भनेर देशलाई लकडाउन गरेको छ । आवश्यक परे अझ लम्बिन सक्छ । यो लकडाउनलाई हामी सबैले मेरै हितको लागि गरिएको हो भन्ने महशुस गरि लकडानको पालना गरि सहयोग गर्नु आम नागरिकको दायित्व हो । यसैगरि कोरोना भाइरस विरुद्ध जनचेतनामूलक सामाग्रीको प्रचारप्रसार गर्नु पनि अहिलेको अवस्थामा एउटा ठूलो सहयोग नै हो ।

युएईको सन्दर्भमा भन्ने हो भने कतिपय आफुलाई बुज्रुक ठान्नेहरुको सामाजिक संजालमा रोईलो सुन्दा अचम्म लागेर आउँछ । हाम्रै रेमिट्यान्सबाट देश चलेकोछ तर हामिलाईनै सरकारले बेवास्ता गर्‍यो भन्न्दै चिच्याएको सुनिन्छ तर यथार्थमा तिनैहरुनै दुई पैसाको लोभमा रेमिट्यान्स छल्दै हुण्डि मार्फत पैसा पठाउने र कतिपय हुण्डिका कारोबारी रहेको तथ्य हामी सबै सामु छर्लङ्ग छ ।

युएईको सन्दर्भमा भन्नुपर्दा अहिले ठुला सपिङ महल, मनोरञ्जन स्थल, सार्वजनिक पार्कहरु जहाँ मानिसहरुको भिडभाड हुने स्थलहरु पुर्णरुपले बन्द गरिएको छ । भने आगामी २ हप्ता सम्म सार्वजनिक स्थानहरुमा किटनासक औषधीद्वारा किटाणुरहित बनाउने राष्ट्रिय अभियान संचालित छ । लकडाउनको समयमा खानेकुराको अभाव हुन नदिन रेस्टुरेन्टहरुलाई डेलिभरी गर्ने सुबिधा प्रदान गरिएको छ बने केहि कोअपरेटिभ, लुलु हाईपर मार्केट र ग्रोसरिहरुलाई संचालनको अनुमती दिएकोछ । तर सरकारले तोकेको मापदण्ड अनिवार्य पुरागर्नु पर्ने छ । त्यसैले पनि कसैले पनि भोकै बस्नु पर्ने अवस्था भने छैन ।

कसैलाई स्वास्थ्य समस्या परे खवर गरेको पाँच मिनेटमा एम्बुलेन्स आइपुग्छ । युएई सरकारले उपचार नगरी कसैलाई गलत्याएर पठाएको छैन । सबैलाई आफ्नै नागरिक सरह उपचार गर्दै आएको छ । युएई सरकार कोरोना भाइरस नियन्त्रणका लागि तदारुकताका साथ लागेको छ । यहाको स्वास्थ्य सेवा अन्तर्राष्ट्रिय स्तरको भएका कारण कोरोना संक्रमणका बिचमा पनि ढुक्क हुने वातावरण छ । त्यसैले हामी आफ्नो मुलुकमा भन्दा यहाँ सुरक्षित छौँ ।

नेपालमा देखिएका अधिकांश संक्रमितहरु तेश्रो मुलुकबाट गएको तथ्य सबैलाई जगजाहेर छ । अझ विदेशमा रहेका ५० लाख नागरिकलाई नेपाल भित्राउने हो भने के देशको स्थिती के होला रु किनकी तिनिहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नै पर्छ । त्यसको आर्थिक भार र आवश्यक स्वास्थ्य जनशक्तिको अभावमा हुन सक्ने जोखिमको नजरअन्दाज गर्न सकिन्छ ? विश्व स्वास्थ्य संगठनको प्रोटोकललाई पालना गरि जो जहाँ छौ सुरक्षीत रहौ । त्यसैले यो संकटको समयमा सबैले धैर्यता नगुमाउ । सरकारले केवल मुलुक भित्रका आफ्ना नागरिकहरुलाई यो संकटको घडिमा बचाइदिए पुग्छ । त्यही नागरिकको हुलमा मेरोपनी परिवार छ भन्ने नभुलौ । अहिलेको यो संकटमा आआफ्नो ठाउँबाट देशलाई सहयोग गरौं ।

(आवद्धता स् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई, कार्यसमिति सदस्य)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 354

प्रतिक्रिया (०)

सम्बन्धित खबर