Aamsanchar

नेपालको इन्टरनेट गुणस्तरमा सुधार, बढ्यो मोबाइल इन्टरनेटको गति

Author Image
आइतवार, चैत ३०, २०७६


काठमाडौं – बन्दाबन्दीका कारण ब्यान्डविथ खपत बढ्दा पनि मोबाइल इन्टरनेटको गति ९स्पिड०मा भने चाप नपरेको पाइएको छ । अझ अचम्मलाग्दो त के छ भने बन्दाबन्दीकै अवधिमा पनि नेपालको मोबाइल इन्टरनेटको गतिमा थप सुधार देखिएको छ । त्यस्तो सुधारले विश्वव्यापी इन्टरनेट गतिको सूचकमा नेपाल नौ स्थानले फड्को मार्दै ११७औँ स्थानमा पुगेको छ ।

इन्टरनेटको विश्वव्यापी गति मापन र विश्लेषणमा चर्चित ओक्लाले सार्वजनिक गरेको मार्चको तथ्याङ्कअनुसार नेपालको मोबाइल इन्टरनेटको औसत डाउनलोड स्पिड १४।२२ एमबीपीएस छ । त्यस्तै अपलोड स्पिड भने ८।४८ एमबीपीएस छ । इन्टनरेट स्पिडमा विश्वव्यापी सूचकमा नेपालले सुधार गरे पनि डाउनलोड र अपलोड स्पिड विश्वव्यापी औसतभन्दा भने निकै कम छ ।

ओक्लाका अनुसार मार्चको विश्वव्यापी डाउनलोड स्पिड ३०।४७ एमबीपीएस छ भने अपलोड स्पिड १०।७३ एमबीपीएस छ । मोबाइल इन्टरनेटमा नेपालको सुधार पछाडि खासगरी तीनवटा कारण हुनसक्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारी बताउँछन् ।

उनका अनुसार बन्दाबन्दीपछि फ्रिक्वेन्सीको प्रयोग बढाएको, कोर नेटवर्कको स्तरोन्नति र सेवा विस्तारले मोबाइल इन्टरनेटको गुणस्तर सुध्रिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा अहिले एक करोड ६३ लाखले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१