Aamsanchar

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम जारी

Author Image
बिहिवार, वैशाख ४, २०७७

सर्लाही । बन्दबन्दीमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो ।

अहिले सर्लाही र महोत्तरीे जिल्लाको सीमामा पर्ने बाँके खोलामा मजदुर खटिएर धमाधम निर्माणको काम गरिरहेका छन् । उनीहरूले काम गर्दा आपसमा दूरी कायम गरी बाहिरबाट कोही मानिस आउन दिएका छैनन् ।

निर्माण कम्पनीका प्रतिनिधि तीर्थ श्रेष्ठका अनुसार बाहिरबाट कसैलाई पनि आउन नदिई आवश्यक सम्पूर्ण सामग्री जुटाएर काम धमाधम भइरहेको हो ।

बाँके खोलामा अहिले सबै ठाउँबाट आउने बाटो बन्द गरी एक दर्जन बढी मजदुर खटिएर काम गरिरहेका श्रेष्ठले जानकारी दिए । आफूहरूले काम मात्रै नगरेर रेलमार्ग निर्माणका लागि जम्मा गरिएका सामग्री कुर्ने कामसमेत गरिरहेको मजदुरहरूले बताएका छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 256

प्रतिक्रिया (०)

सम्बन्धित खबर