
धुलिखेल । पात्लेखेतमा बिहीबार बिहान असिना पानी परेको छ। झन्डै १५ मिनेटमा असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन्।

बैशाख महिना पहिलो साता परेको असिना पानीले थन्क्याउन ठिक्क परेको तोरी नोक्सान भएको कृषी समूहले बताए । साग, काउली, बन्दा, बकुल्ला, केराउ, लसुन, गऊँ, तेरी,प्याजलगायतका तरकारी बालीमा ठूलो नोक्सान भएको स्थानीय किसानहरुले सुनाए

लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो।

असिना विस्कुन सुकाएको जस्तै देखिन्थ्यो।


Views: 377

