Aamsanchar

कनकाईमा रमणिय पिकनिक स्थलको शिलन्यास, यसै आर्थिक बर्ष भित्र सम्पन्न हुने

Author Image
बिहिवार, जेठ १, २०७७


लक्ष्मीपुर । झापाको कनकाई नगरपालिका–८ स्थित खाडीबस्तीमा रमणिय पिकनिक स्थलमा भौतिक संरचना निर्माणकार्यको शिलन्यास गरिएको छ ।
खाडीबस्ती पस्चिम बिरिङखोलाको किनारमा विगत बर्षबाट योजना अघिसारिएको पिकनिक स्थलमा आज प्रदेश १ का सांसद एकराज कार्की र कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलको हातबाट संयुक्त रुपमा शिलन्यास गरिएको हो ।

शिलन्यास कार्यक्रममा प्रमुख अतिथि सांसद कार्कीले भने, कनकाई–८ का वडाध्यक्ष प्रेमबहादुर कटुवाल लगायत वडा समितिले गर्नुभएको परिकल्पना अनुसार यस ठाउँमा पिकनिक स्थल बनाउने भन्ने जानकारी पाएको थिए । आएर हेर्दा उपयुक्त ठाउँ लागेको हुनाले यसक्षेत्रका नागरिकलाई प्रत्यक्ष रोजगारीको अवसर प्राप्त हुने वातावरण तयार पार्न यस क्षेत्रमा पर्यटन क्षेत्र बनाउन सुरु गरिएको हो, यसलाई अधुरो अबस्थामा रहन नदिने प्रतिवद्धता जनाएका थिए । सोही क्रममा यस स्थलबाट सय मिटर पूर्वमा रहेको उत्तर दक्षिणको बाटो रिङरोडको रुपमा विस्तार भईरहेको छ, यस बर्ष पाँच करोड बजेट निकासा हुने पनि बताए ।


कार्यक्रमकै क्रममा बोल्दै विशेष अतिथि कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले भने कनकाईमा विगत ६० बर्ष अघि सम्म नभएको विकास ५ बर्ष भित्रमा हुनेछ । हामिले गरेको काम कस्तो छ भनेर हेर्न गाउँ जानुहोस् दुईबर्ष अघि कस्तो थियो अहिले कस्तो भएको छ । यथार्थ नबुझी नहेरी मनगणन्ते तरिकाले केहीले विभिन्न आरोप लगाउने र अबरोध गर्ने काम भई रहेको छ । त्यस्ता व्यक्तीहरुलाई कनकाईका नारिकले आफै ठिकलागाई दिन्छन । मलाई सिंगो नगरबासीको साथ छ, कती पनि हतोसाहित नभई शिर उच्च बनाएर निरन्तर जनताको सेवामा लागिरहेको छु, लागि रहन्छु । यस पिकनिक स्थललाई एक नमुना पर्यटकिय स्थल बनाउन नगरपालिका सधै लागि परिरहेको छ । नगरको श्रोतले नपुगेमा प्रदेश र केन्द्रिय सरकारबाट पनि बजेट माग गरेर काम सम्पन्न गराउने छौं ।

स्थानिय उपभोक्ताको प्रत्यक्ष निगरानिमा कामगर्न लागिएको हो । पहिलो चरणको काममा फाउण्टेन सहित आधारभूत भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारको ८२ लाखको बजेटमा सुरु गरिएको छ । यो योजनालाई यसै आर्थिक बर्ष भित्रमा सम्पन्न गर्ने गरि रामरतन कन्सलटेन्सीले सम्पूर्ण काम गर्ने जिम्मा दिईएको निर्माण समितिका अध्यक्ष वृहस्पती उप्रेतीले जानकारी दिएका छन ।

कनकाई–८ र ९ नं. वडाको संगम स्थलमा रहेको रमणिय पिकिनिक स्थलको लागि हाललाई १३ विघा क्षेत्रफल छुट्याईएको छ । यतीवेला यो क्षेत्र एक हराभरा जंगल बनेको छ, खयर जातको रुखहरु धेरै छन । खोला बारीपारी गर्नको लागि करिव चारकिलो मिटर घुम्नुपर्ने स्थानियको समस्यालाई मध्येनजर गरेर बिरिङखोलामा झोलुङेपुल हाल्ने पनि अवधारणा अघि सारिएको छ ।

शिलन्यास कार्यक्रममा कनकाई–८ का अध्यक्ष प्रेमबहादुर कटुवाल, कनकाई–९ का वडाध्यक्ष प्रेम राजवंशी, कनकाई कार्यपालिका सदस्य सुनिता खरेल, परिषद सदस्यहरु सूर्यमान भारती, ईन्द्रबहादुर राई, निरा बराईली, उपभोक्ता समितिका सचिव डिल्लीकुमार कार्की, समाजसेवी शेरबहादुर थापा, केदार चुडाल, धर्मराज मैनाली, गोपाल चुडाल, टिका घिमिरे लगायत उपस्थिती रहेको थियो ।

पिकनिक स्थलको प्रस्थावित नमूना

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर