Aamsanchar

विद्युतीय रेलमार्ग निर्माण सुरु हुने

Author Image
शनिवार, जेठ ३, २०७७

प्रतिकात्मक तस्वीर

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७७र७८ मा सडक, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग निर्माण तथा अध्ययनको कार्यलाई प्राथमिकता दिने भएको छ । त्यसैगरी तीन सय सडक पुलको निर्माण गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त सदनमा आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै आगामी तीन वर्ष्भित्र काठमाडौँ-तराई द्रुतमार्गको निर्माण सम्पन्न गर्ने बताए ।

त्यसैगरी राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुंङा–नौबीसे सडक खण्डमा निर्माणाधीन २.६८ किलोमिटर सुरुङमध्ये आर्थिक वर्ष २०७७र७८ मा एक किलोमिटरको निर्माण सम्पन्न गर्ने घोषणा गरे ।

आर्थिक वर्ष २०७७र७८ मा सिद्धार्थ राजमार्गको बुटबल–पाल्पा खण्डको सिद्धबाबा सुरुङमार्गको निर्माण सुरु गरिने छ भने बेत्रावती–स्याफ्रुबेँसी–टोखा–छहरे, गुर्जे भञ्जाङ, खुटिया दिपायललगायतका सुरुङमार्ग अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर