Aamsanchar

होटललाई ‘क्वारेन्टाइन’ बनाउन व्यवसायी तयार

Author Image
मङ्गलवार, जेठ १३, २०७७

काठमाडौं – सर्तसहित होटलहरूलाई क्वारेन्टाइन बनाउन व्यवसायीहरू तयार भएका छन् । होटलहरूको छाता सङ्गठन होटल एसोसिएसन अफ नेपाल ९हान०ले पर्यटन विभागसँगको छलफलपछि यसका लागि तयार भएको हो । यद्यपि हानले क्वारेन्टाइन सञ्चालनका लागि आफ्नो तर्फबाट विभिन्न सर्तसहितको विवरण विभागलाई बुझाएको छ ।

हानले स्वास्थ्यकर्मी र कोरोना रोकथामका लागि खटिएका व्यक्ति तथा विदेशमा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता गराउने क्रममा होटललाई क्वारेन्टाइनका रूपमा उपयोग गर्ने सरकारले निर्णय गरेमा त्यसका लागि आवश्यक समन्वय गर्न तयार रहेको जनाएको हो ।

यसरी क्वारेन्टाइन सञ्चालन गर्दा बस्ने पाहुनाको चेकइनपूर्व नै स्वास्थ्य चेकजाँच गरी सङ्क्रमण नभएको प्रमाण हुनुपर्ने, प्रत्येक दिन पटकपटक स्वास्थ्य जाँच हुनुपर्ने र होटल सञ्चालनका लागि तोकिएको अन्तर्रा्ष्ट्रिय मापदण्डको क्षति हुन नहुने हानले सर्त राखेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर