Aamsanchar

लकडाउनमा बजार खोल्न नदिने उपत्याकाका तिन सिडिओको निर्णय

Author Image
शुक्रवार, जेठ २३, २०७७

काठमाडौं । अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ ।

उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना भाइरस ९कोभिड–१९० नियन्त्रणका लागि चैत ११ यता निरन्तर बन्दाबन्दी हुँदै आएको छ । अत्यावश्यक वस्तुु तथा सेवाबाहेक बजार पसल खुल्न नसकेपछि व्यवसायीले बजार खोल्न दबाब दिँदै आएका छन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘सरकारले अर्को निर्णय नगरेसम्म बन्दाबन्दीमा बजार तथा पसल खोल्न मिल्दैन त्यसका लागि सरकारको निर्णय नै आउनुपर्छ ।’

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यापार व्यवसाय सञ्चालनका सम्बन्धमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)  मा छलफल पछि मात्र यो विषयको प्रक्रिया अगाडि बढ्ने बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर